अन्तर्राष्ट्रिय

मलेसियामा भिसाबारे नयाँ प्रावधान :

काठमाडौं। मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ । यसरी स्वदेश फर्कन चाहनेले कुनै जरिवानाबिना मे १२ देखि २६ सम्म स्वदेश फर्कन सक्नेछन् । मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउन पर्ने छैन ।लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा नवीकरण गर्न सकिनेछ । भिसा नवीकरण अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै powerq एप मार्फत समय

लिनु पर्नेछ ।यो एप मोवाइलमा भएको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । पुत्रजया बाहेक अन्य राज्यमा आवेदन दिन परेमाhttps://sto.imi.gov.my/ गएर अगाडि नै समय बुक गर्नु पर्नेछ । त्यसका लागि सबैले आफ्नो कम्पनीको सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुपर्छ ।सबै विदेशी नागरिकले भिसा सम्बन्धि सबै काम अनलाइनमार्फत अगाडि नै अपोइन्टमेन्ट लिएर गर्नुपर्ने हुँदा अनलाइन अपोइन्टमेन्ट नलिइ सिधै गएमा आवेदन दिन नपाइने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।यस्तै, साउदीले पनि सबै देशका आप्रवासीलाई स्वदेश फर्कन पाउने बाटो खुल्ला गरिदिएको छ । यसका लागि साउदीको गृह मन्त्रालयको Absher भित्रको Awdah Service Portal सबैका लागि खुल्ला गरिएको छ । Final Exit (Only) Visa, Exit & Re Entry Visa, Visit Visa लगायत भ्यालिड भिषा हुनेहरूले यसमा गइ अनलाइन आवेदन दिन सक्नेछन्

Related Articles

Back to top button