समाचार

हावाहुरीमा परी १० वर्षीया बालिका को ज्यान गयो

भगतराम थारु,
नेपालगञ्ज, २५ बैशाख । हावाहुरीका कारण बाँकेमा एक बालिकाको ज्यान गएको छ ।आज विहान तीव्र गतिमा आएको हावाहुरीका कारण आँपको हाँगा भाँचिदा हाँगाले लागेर १० बर्षीया बालिकाको ज्यान गएको हो ।नेपालगञ्ज उपमहानगरपालिका गनापुरस्थित बुडियागाउँकी दश वर्षीया बालिका नजिमन खाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।घरको आँगनमा खेलिरहेकी खाँलाई हावाहुरीले भाँचेको आँपको हाँगाले लागेको थियो । हाँगोले लागेपछि गम्भीर घाइते नजिमनलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । खाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगर, २५ बैशाख । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए ।यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।प्रदेश १ मा पीसीआर विधिबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ ।त्यस्तै आरडीटीबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

Related Articles

Back to top button