भिडियो

पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका प्रेममा

काठमाडौं । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।उनी अहिले १९ वर्षकी भइन् । कुनै वेला नेपालमा राज गरेको राजतन्त्र अहिले अवसान भएको छ । तर पनि राजपरिवार प्रतिको सर्वसाधारणको चासोमा भने कमी छैन। उनीहरुको ब्यक्तिगत र पारिवारीक जिवनका बारेमा सर्वसाधारणले चासो राखिरहन्छन् । पूर्णीका इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन्।

उनी सामाजिक सञ्जालमा निकै सकृय छन् । पूर्णीकाले सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् । उनले आफुसंग राखेका जिज्ञासाको जवाफ दिन्छिन् । अन्तरकृया गर्न मन पराउने पूर्णीकासंग फालोअर्सले पनि दोहोरो कुराकानी गर्छन । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो निजि जिवनको बारेमा एउटा रहस्य खोलेकी छन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छिन्।

उनले एउटा वेवसाइटमा अकाउन्ट खोलेकी छन् । जसमार्फत उनले सर्वसाधारणले आफुलाई सोधेका प्रश्नको उत्तर दिन्छिन् । जसमा उनका नितान्त निजि कुरा पनि हुन्छन् । पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरूका ४८ वटा प्रश्नको जवाफ दिएकी छिन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्बन्धित वा अरू विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरूमा यो वेवसाइट लोकप्रिय छ ।

एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए।

यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’ उनको यो जवाफवाट पूर्णीका प्रेममा रहेको अनुमान लगाउन सकिन्छ।

उनलाई यस्तो प्रश्न पनि गरिएको छ । धेरै नेपाली केटीहरू तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरूलाई तपाईंको सन्देश के छ ?

जसको जवाफमा पूर्णिकाले भनेकी छन्, सबैको माया र साथलाई हामी कदर गर्छौं।

हिमानीले विवाह गरेको एक वर्षमै पुर्णीकालाई जन्माएकी थिइन् । कोही नामक सामाजिक सञ्जालमा आएका प्रश्नको बारेमा उनले जवाफ दिएकी छन् । त्यसमा आफ्नो नाम गोप्य राखेर प्रश्न राख्न सकिन्छ । त्यस कारण पनि उनलाई जस्ता पनि प्रश्न गरिएका छन् । उनलाई निकै च्वास्स खोच्ने सवाल पनि सोधेका छन् । उनलाई दरवार ह त्या का ण्डका बारेमा पनि प्रश्न गरेका छन् । उनको सोन्दर्यको, भाईबहिनीसंगको सम्बन्धका बारेमा उनलाई प्रश्न गरिएको छ।

Related Articles

Back to top button