अन्तर्राष्ट्रिय

कोरोना का कारण बिरालोको मृत्यु

काठमाडौं। स्पेनमा पहिलोपल्ट बिरालोमा कोभिड १९ देखिएको छ । स्पेनमा बस्ने एक क्याटालोनियन परिवारले पालेको बिरालोमा कोरोना देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

उक्त बिरालो पाल्ने परिवारका एक सदस्यको कोरोनाकै कारण मृत्यु भएको थियो । चार वर्षको उक्त बिरालोलाई सास फेर्न समस्या देखिएपछि तत्काल पशु चिकित्सककहाँ लागिएको थियो ।

पशुचिकित्सकहरूले बिरालोमा मुटुको समस्या रहेको पत्ता लगाए । बिरालो पहिल्यैदेखि मुटु रोगको बिरामी थियो ।

उपचारका क्रममा बिरालोको मृत्यु भएपछि पोस्टमार्टमका लागि लगियो । पोस्टमार्टममा संकलन गरिएको नमूनामा उक्त बिरालोमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

यससँगै स्पेनमा पहिलोपटक बिरालोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने जनावरमा संक्रमण पुष्टि भएको यो छैठौं केस हो । स्पेनको सेन्टर रिसर्च इन एनिमल हेल्थका प्रोफेसर जोआकिम सेगल्सले भने, ‘उक्त बिरालो मान्छेबाट आएको रोगको शिकार बनेको छ ।’

यद्यपि अन्य अधिकारीहरूले बिरालोबाट बिरालोमा कोरोना भाइरस सर्छ कि सर्दैन भनेर अहिलेसम्म भन्न नसकिने बताएका छन् । चीनमा १ सय २ बिरालोमा यस्तो परीक्षण गरिएको थियो । तर बिरालो बाट बिरालोमा सर्ने कुनै प्रमाण भेटिएको थिएन ।

Related Articles

Back to top button