भिडियो

१९ बर्षीय सुप्रियाले गरिन् रहस्यमय आत्महत्या !, श्रीमान बेहोस्

१९ बर्षीय सुप्रियाले गरिन् रहस्यमय आत्महत्या !, श्रीमान बेहोस् (भिडियो सहित)पोखरा १३ भद्रकालीमा भाडामा बस्दै आएकी १९ बर्षिय सुप्रिया लामिछानेले आफ्नै कोठामा आत्महत्या गरेकी छन् । गत बर्षमात्रै बिबाह गरेकी उनी बिहान खाना छिमेकी दिदीहरुसंगै खाएर श्रीमानलाई अफिस पठाएपछि आत्महत्या गरेको बुझीएको छ ।श्रीमानले मोबाईल बिर्सिएर घरमा करिब २ बजेतिर लिन आउँदा उनले ढोका खोलीनन् । झ्यालपनि बन्द थियो । झ्याल फोरेर हेर्दा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा देखेको छिमेकीले बताए । घटनापछि प्रहरी पुग्यो र ढोका फोरेर उनको शबलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ भने उनका श्रीमान बेहोस भएका छन् ।

Related Articles

Back to top button