भिडियो

काठमाडौं जस्तै ठाउँ हेरी लकडाउन खुकुलो हुने

काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जेठ ५ गतेपछि लकडाउन खुकुलो बन्न सक्ने बताएका छन्। शनिबार सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले लकडाउन बढ्ने/नबढ्ने कुरा संक्रमण कसरी फैलिन्छ भन्नेले निर्धारण गर्ने समेत बताए।

‘यसमा धेरै मूल्यांकन भइरहेको छ मैले धेरै कुरा भन्ने भन्दा पनि उच्चस्तरीय समन्वय समितिले यस विषयमा अलि बढी गृहकार्य गर्छ। विज्ञ र चिकित्सकहरूले के भन्छन् भन्ने छ,’उनले भने,’संक्रामक रोगहरूसँग सम्बन्धित विज्ञहरूले के भन्नुहुन्छ त्यसकै आधारमा अगाडि बढ्ने र मन्त्रिपरिषदले निर्णय गर्ने हो। आजको स्थिति हेर्दा काठमाडौंमा उच्च सतर्कताकासाथ खुकुलो गर्न सकिने देखिन्छ।’

उनले काठमाडौं जस्तै अन्त पनि लागू हुन सक्ने आफ्नो बुझाइ रहेको समेत बताए। सामाजिक दूरी कायम गरेर व्यवसाय चल्न दिनुपर्छ भन्ने मान्यता सरकारको रहेको भन्दै रिमालले धरहरा,रानीपोखरी र प्रधानमन्त्री निवासमा केही समयसम्म रोकिएको निर्माणको काम सुरू भइसकेको बताए।

भिडियो:

Related Articles

Back to top button