समाचार

भोलि देखि गाडी चलाउन ‘टाइम कार्ड’ लागू

काठमाडौं, २७ बैशाख । सरकारले कोरोना भाइरस संक्रमणको महामारी न्यूनीकरण तथा रोकथामका लागि घोषणा गरेको लकडाउन अवधिभर उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भोलि (आइतरबा)देखि जुसुकै कार्यालय तथा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने भएको छ ।शुक्रबार (हिजो) काठमाडौं उपत्यकाका सीडीओ, सुरक्षा निकायका डीआईजी र

महाशाखाबीच भएको बैठकद्वारा उपत्कामा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो । यस निर्णयलाई गृहमन्त्रालयले स्वीकृतिसमेत दिइसकेको जानकारी गराइएको छ ।तरकारी तथा अत्यावश्यक खाद्य सामग्री विहान १० बजेभन्दा अगावै ढुवानी गरिसक्नुपर्ने जानकारी गराइएको छ । त्यस्तै, सरकारी कार्यालयलाई विहान ९ बजेदेखि साढे १० बजेसम्ममा पुग्नुपर्ने र बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा घर पुग्नुपर्ने समय निर्धारण गरिएको छ ।यता बैंक, वित्तीय संस्था विहान ९ बजेदेखि साढे १० बजेसम्ममा पुग्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्किसक्नुपर्ने जानकारी गराइएको छ ।

Related Articles

Back to top button