समाचार

ओखलढुंगा बाट काठमाडौंका लागि हिडेको यात्रुवाहक बस दुर्घटना

रामेछाप — रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिकामा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। ओखलढुंगा पोल्थली हुदै काठमाडौंका लागि हिडेको अरनिको यातायातको बा ३ ख ५०६७ नंको बस सैपुको सुनुवार गाउँमा दुर्घटना हुँदा केहि यात्रु घाइते भएका छन् ।घाइतेहुनेहरुमा ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी गाउँपालिकाका धनकुमारी पौडेल, टंकनाथ पौडेल,थरहरी पौडेल, सर्मीला पौडेल गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागी काठ्मान्डौ लगिएको छ ।त्रिवि शिक्षण अस्पताललाई ठूलो सफलता, कलेजोको भयो सफल प्रत्यारोपणकाठमाडौं ।

त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जले ठूलो सफलता हात पारेको छ । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेर अस्पतालले ठूलो सफलता हात पारेको हो । डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरेको अस्पताल प्रशासनले जनाएको छ ।मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । तर, त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले पहिलो प्रयासमै कलेजोको प्रत्यारोपण गर्न सफल भएको छ ।भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुने बताइएको छ । यससँगै अब कलेजो प्रत्यारोपण गर्न विदेश जानु पर्ने बाध्यता हटेको छ ।

Related Articles

Back to top button