समाचार

मुगु मा भूकम्पको धक्का सर्वसाधारण घरबाहिर

काठमाडौ । गएराति सर्वसाधारणले एकाएक भूकम्पको धक्का महसूस गरेका छन् । कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्पको धक्का महसूस गरिएको हो । भूकम्पको केन्द्रबिन्दू रहेको ठाउँ बहुचर्चित रारा ताल नजिकै पर्छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निट्यूडको रहेको केन्द्रले जनाएको छ भूकम्पको धक्का महसूस भएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । यसअघि जेठ ११ गते बझाङमा भूकम्पको धक्का महसूस भएको थियो ।५० लाख कमाउन आफ्नै पसलमा चोरीको यस्तो नाटककाठमाडौं जेठ १८ । हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ।आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो।घटना यही जेठ ८ गरेको हो। हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी पर्यो।सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत

मिडियाबाजीसमेत गरेका थिए।जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए।सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए।निवेदनमा १७ लाख ३० हजारको वाइरिङ तार ३१ बोरा, दुई लाखको एलइडी बत्ती १२ कार्टुन, नौ लाख ३२ हजारको स्विच १४ कार्टुन, एक लाख १८ हजारको सिलिङ पंखा चार कार्टुन र नगद तीन लाख १२ हजारसहित ३२ लाख ९३ हजार रूपैयाँको चोरी भएको उल्लेख थियो।प्रदेश ३ को अस्थायी राजधानी रहेको हेटौंडाको मुख्य चोकमै ठुलो परिमाणमा सामान चोरी भएको घटनालाई प्रहरीले पनि गम्भीर रूपमा लियो। यो खबर मकवानपुरबाट अशोकसुजन श्रेष्ठले आजको नागरिक दैनिकमा लेखेका छन्।मकवानपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान सुरु भयो।‘अनुसन्धानबाट निवेदकको व्यहोरा पुष्टि हुने कुनै कुरा फेला परेन,’ मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामीले पसल सञ्चालक घिमिरेकै स्व–योजनामा बनावटी चोरी भएको पुष्टि भएपछि पक्राउ गरेका हौं।’

Related Articles

Back to top button