समाचार

संक्रमितको संख्या २ सय ८ नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै

काठमाडौं, ३० बैशाख । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।काठमाडौं, ३० बैशाख । एक

जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पासहरु गृह मन्त्रालयले रद्द गरेको छ । नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेसँगै गृह मन्त्रालयले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो ।मंगलबार मात्रै थप ७४ जनामा कोरोना पुष्टि भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा आवत/जावत गर्न थप कडाइ गरिएको हो । गृह मन्त्रालयको यस निर्णयलाई विहीबारदेखि लागू हुने जानकारी गराइएको छ ।पत्रकारहरुको हकमा भने सूचना विभागको परिचय-पत्रको आधारमा आवत/जावत गर्न दिइने गृह मन्त्रालयले जानकारी गराएको छ ।

Related Articles

Back to top button