समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार ठड्याउन जुटे मेयरदेखि सांसदसम्म

जेठ १८ चितन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार ठड्याउन जुटे मेयरदेखि सांसदसम्म
निर्माण रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला फेरि निर्माण सुरु भएको छ । स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य फेरि सुरू भएको हो ।सहमती भए संगै सनिवार बिहान ७ बजेदेखि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा चितवनका राजनितिक दल ,नागरिक समाज ,पत्रकार कर्मचारी स्थानिय तथा आम सर्बसाधाहरणको सहभगितामा भत्किएका बार निर्माणका साथै बृहत जन सहभागिताका

साथ निर्माण कार्य भएको छ ।विभिन्न संघ सस्थाले समुहगत रुपमा श्रमदान पनि गर्न थालेका छन् । स्थानिय जनताको सहभागीता पनि रहेको छ । रंगशाला निर्माण स्थलमा सघींय सांसद कृष्ण भक्त पोखरेलको समेत पुग्नुभएको छ ।सो जन स्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ,उपाध्यक्ष कुन्जना घिमीरे समेतको सहभगिता छ ।स्थानीय पाँच वटा टोल विकास संस्थाहरुले निर्माण कार्य सुरू गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन् । भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर उठाउने सहमति भएको छ ।

Related Articles

Back to top button