समाचार

काठमाडौं उपत्यकामा भीषण वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा भीषण वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा शनिवार साँझ पाँच बजेदेखि हावाहुरीसहित वर्षा भइरहेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा भएको बदलीसँगै काठमाडौं उपत्यकासहितका जिल्लामाहरुमा वर्षा भइरहेको हो । वर्षाका कारण सवारी आवागमनमा समेत असर परेको छ ।त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् ।स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार विहानसम्म तालिबान लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको प्रान्तीय श्रोतले शनिबार जनाएको छ ।घटनामा परी कैयैँ लडाकू पनि मारिएको र घाइते भएको सुरक्षा अधिकारीले दावी गरेका छन् तर उनीहरुले घाइते र मृतकको संख्या भने बताएका छैनन् ।तालिवान लडाकूहरुले गत अप्रिलदेखि देशका विभिन्न ठाउँमा आक्रमण गर्दै आएका छन् । आक्रमणका क्रममा सयौँ लडाकू, सुरक्षाकर्मी र सर्वसाधारण मारिएको बताइएको छ । मस्को (एजेन्सी)। रुसी राष्ट्रपति भ्यादिमिर पुटिन पिता बनेको दावी गरिएको छ । मिडिया रिपोर्टमा उनकी कथित प्रेमिकाले यही महिना जुम्ल्याहा बच्चा

जन्माएको दावी गरिएको छ । ओलम्पिककी स्वर्णपदक विजेता तथा जिम्न्यास्ट एलिना कबाएबा र राष्ट्रपति पुटिनबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र एलिनाले जन्माएका जुम्ल्याहा छोरा राष्ट्रपति पुटिनकै भएको समेत दावी गरिएको छ ।रुसको अखबार मस्कोभस्किज कोम्सोमोलेट्सले दावी गरेको छ कि एलिनाकै कारण कुलाकोभ अस्पतालको भिआइपि फ्लोरलाई खाली गराइएको थियो । यद्यपि रुसी क्रेमलिन (प्रशासनिक कार्यालय) ले भने यस्तो रिपोर्ट खारेज गरेको छ । बच्चाको जन्मबारे धेरै जानकारी दिइएको छेन । बेलायती अखबार डेलीमेलले रुसको खुफिया विभागसँग जोडिएका सूत्रको हवाला दिँदै एलिनाले जुम्ल्याहा बच्चा जन्माएको उल्लेख गरेको छ । सिजेरियन डेलिभरीमा इटलीका डाक्टरले सहयोग गरेको उल्लेख गरिएको छ । एलिना खेल जगतबाट टाढा भएपछि मोडल बनेकी थिइन् । उनी २०१४ सम्म सांसद पनि थिइन् । अहिले एक राष्ट्रिय मिडिया ग्रुपकी प्रमुख छन् । एलिनालाई ‘द सिक्रेट फर्स्ट लेडी’ भनिन्छ । उनी राष्ट्रपति पुटिनभन्दा ३० वर्ष कान्छी छिन् । भ्वाइस अफ अमेरिकाका अनुसार २००८ मा पनि एलिनाले स्विजरल्याण्डको क्लिनिकमा एक छोरीलाई जनम दिएको दावी गरिएको थियो । त्यतिबेला पनि रुसी क्रेमलिनले रिपोर्ट खारेज गरेको थियो । धरान । धरान ८ स्थित डेरामा सुतिरहेको बेला एक महिलालाई जर्बजस्ती बलात्कार गर्ने पक्राउ परेका छन । जर्बजस्ती गर्ने झापा जिल्लाको कमल गाउँपालिका ४ का ४० बर्षीय मानबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।डेरामा गएर जर्बजस्ती करणी गरेको भन्दै प्रहरीले विश्वकर्मालाई पक्राउ गरिएको हो । पीडित महिलाले जवरजस्ती करणीमा जाहेरी दिएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

Related Articles

Back to top button