समाचार

आमाबाबु सँग पैदल हिँडेर काठमाडौं आएका बालक मा कोरोना कोरोना पुष्टि

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाको वडा नम्बर-१०, सतुंगलका ७ वर्षीय कोरोना संक्रमित बालक वैशाख २९ गते मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ ।बालकमा शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । संक्रमित बालक आफ्नो आमाबाबुसँग पैदल काठमाडौं आएको नगरपालिकाका स्वास्थ्य संयोजक राममणि घिमिरेले बताए । ती बालकको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको उनले बताए ।

सक्रमित बालक बस्ने घरलाई १४ दिनका लागि सिल गरिएको वडा नम्बर १० का अध्यक्ष गोपालकृष्ण महर्जनले बताए । ‘पालुङबाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरिदिएका थिए,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई कोरोना परिक्षण गर्न भनेका थियौं ।’ संक्रमित बालक र आमा बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा उपचारत छन् ।प्रकाशित : जेष्ठ ३, २०७७ १२:१०

Related Articles

Back to top button