समाचार

मजदुर बोकेको ट्रक दुर्घटना २४ को मृत्यु

मजदुर बोकेको ट्रक दुर्घटनामा पर्दा ठुलो मानविय क्षति भएको छ । शनिबारको बिहान भारत, उत्तर प्रदेशको औरैयामा राजमार्गमा एउटा ट्रकले अर्को ट्रकलाई ठक्कर दियो । दैनिक भास्करका अनुसार २४ मजदुरहरूको ज्यान गएको छ ।तिनीहरू सबै राजस्थानबाट आएका थिए । मजदुरहरु चुनले भरिएको ट्रकमा सवार थिए । चेरुहाली क्षेत्रको नजीक पहिले नै उभिरहेको ट्रकसँग उक्त ट्रकले ठक्कर खायो । दुवै ट्रकहरू ठोक्किएपछि खाडलमा पल्टिए ।

औरैयाका डीएम अभिषेक सिंहका अनुसार बिहान ४ बजे आसपास दुर्घटना भएको थियो । २४ व्यक्तिको मृत्यु भएको छ । त्यहाँ २० भन्दा धेरै घाइते छन् । अधिकांश मानिसहरु बिहार, झारखन्ड र पश्चिम बङ्गालका हुन् ।चुनाले भरिएको ट्रक राजस्थानबाट पश्चिम बंगालका लागि प्रस्थान गरेको थियो । भनिन्छ कि यसमा करीव ७० मजदुरहरू थिए । मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा शोक व्यक्त गरेका छन् । ज्यान गुमाउने श्रमिकका परिवारप्रति गहिरो संवेदना व्यक्त गरेको छन् ।(फोटो : फाइल)

Related Articles

Back to top button