भिडियो

२२ महिने छाेरालाई अचानाेमा राखी २ टुक्रा पार्नुकाे कारण यस्ताे रहेछ ॥ दिदिकाे यस्ताे जवाफ

२२ महिने छाेरालाई अचानाेमा राखी २ टुक्रा पार्नुकाे कारण यस्ताे रहेछ ॥ दिदिकाे यस्ताे जवाफ(भिडियो) काठमाडौं-भोजपुर सदरमुकाममै एक महिलाले आफ्नै नाबालक छोराको विभत्स हत्या गरेकी थिइन् । भोजपुर नगरपालिका- ९, पानीट्याङ्कीमा भाडामा बस्दै आएकी सम्झना थापाले धारिलो खुकुरी प्रहार गरी २२ महिने छोराको हत्या गरेकी हुन् । मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका- ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको थियो ।उनी पानीट्याङ्कीस्थित जेठा भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा छोरा र श्रीमानसँग बस्दै आएको प्रहरीले जनाएको छ। हत्या गर्ने सम्झनाको केही महिनादेखि मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन्। घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । सन्तुलन गुमाएकी सम्झना थापाले हत्या गरे प्रस्ताब आफै मैले बाबुको हत्या गरेकी छु भनेर भनेकी थिइन् । सायद कसैले नसोचेको काम भयो भोजपुरमा । हत्या पछी मानिसले अनेको कुराको आकलन गरे तर वास्तविक कुरा भने अझै बाहिर आउन सकेको छैन ।

Related Articles

Back to top button