समाचार

काठमाडौं ।बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने महिलाको कोरोनाको बाट मृत्यु

काठमाडौं । काठमाडौंको माछापोखरी तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षण तिब्र पारिएको छ। आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ ।बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको संक्रमणबाट मृ’त्यु भएपछि सो आसपासका क्षत्रेमा कारोना परीक्षणलाई तिब्र पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त विकास देवकोटाले बताएका

छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको हो।परीक्षणपछि १५ जनामा (आरडिटी) पोजेटिभ देखिएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार, आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षणका लागि पठाइएको छ ।

Related Articles

Back to top button