समाचार

आइसोलेसन वार्डमा मृ’त्यु भएका युवाको पिसिआर रिपोर्ट

दाङ– रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृ’त्यु भएका युवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलासप्रसाद देवले जानकारी दिए।

२२ वर्षिय युवालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनी मृगौला फेल भएका कारण नियमित डायलाइसिस गराउनुपर्ने बिरामी थिए। सोमबार बेलुका उनको मृ’त्यु भएको थियो।मंगलबार मात्रै एक सय चार जनाको स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।देश सञ्चार बाट साभार गरिएको ।

Related Articles

Back to top button