समाचार

प्रधानअध्यापकले पनि कोरोनासंग हारे, अस्पतालमै भयो दु:खद मृत्यु !

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि निधन भएको छ। गुल्मीका संक्रमित प्रधानअध्यापकको निधन भएको हो । उनको बुधवार निधन भएको बताइएको प्रदेश(५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सो कुरा पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३ पुगेको छ। शिक्षण पेशामा रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई गम्भिर अवस्थामै अस्पताल लगिएको थियो ।सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल मा गम्भिर अवस्थामै भर्ना गरेर उपचार सुरु भएको थियो । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए ।फाइल तस्विर त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेकोभन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो । सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । उपचारकै क्रममा उनको निधन भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ ।

भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको थियो। उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ। शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको बताइएको छ । उनी विद्यालयका प्रधानाध्यापक रहेको पाइएको छ। उनी केहीदिन पहिले देखिनै बिरामी थिए। ज्वरो आएपछि घरमै रहेका उनले स्थानीय क्लिनिकबाट ज्वरोको औ ष धि सेवन गरिरहेका थिए। तर केहीदिन औषधि खाँदा पनि सन्चो नभएपछि टाइफाइड भएको भन्दै उनलाई सन्धिखर्क पठाइएको थिए। उनी ३१ गते आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धीखर्क गएका थिए। त्यहाँको अस्पतालले उनलाई ३१ गते राति नै एम्बुलेन्समा बुटवल रेफर गरेको थियो। अहिले प्रधानाध्यापकको घर सील गर्ने तयारी भइरहेको मदाने गाउँपालिकाले जनाएको छ।उनको निधन पछि यतिबेला जिल्ला थप त्रसित बनेको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण निधन भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिए । परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।

पोलिक्लिनिक बन्दगुल्मी मदानेका भर्खरै निधन भएका कोरोना संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि शुरुमा पोलिक्लिनिकमा जाँच गराउँदा सम्भव नभएपछि उहाँ रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । छाया पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ । नेपालमा यसअघि पनि दुईजना व्यक्तिको कोरोनाबाट निधन भएको थियो। जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक हुन्।

Related Articles

Back to top button