अन्तर्राष्ट्रिय

सीमा विवाद थप गम्भीर हुँदै अभिनेत्री मनीषा कोईरालाको यस्तो बयानले भारतमा हलचल

काठमाडौं । पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवाद थप गम्भीर हुँदै गएको छ । नेपालको आफ्नो भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भनेपछि तनाब सुरु भएको हो । नोभेम्बर २०१९ मा, भारतको गृह मन्त्रालयले जारी गरेको नयाँ राजनीतिक नक्शामा कालापानी क्षेत्र समावेश छ, जुन नेपाली भुभाग हो । भारतको यस कदमले नेपाल सरकारमात्रै होईन जनता पनि आक्रोशित बन्न पुगेका थिए ।यस बाहेक, भारतका रक्षामन्त्री राजनाथ सिंहले हालै ८० किलोमिटर लामो कैलास मानसरोवर पुग्ने सडकको उद्घाटन गरे जुन लिपुलेक दर्रेमा समाप्त हुन्छ । भारतको यस सडकलाई नेपाल सरकारले

अस्वीकार गरेको छ । भारत र नेपालको बिचको बिचको तनाबमा अभिनेत्री मनीषा कोइरालाको प्रतिक्रिया आएको छ । अभिनेत्री कोईराला लामो समयदेखि बलिउडमा काम गर्दै आएको भए पनि उनी नेपाली नै हुन् ।मनीषाले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्शामा देखाउन लागेको भन्दै नेपाल सरकारको तारिफ गरेकी छिन् । मनीषाले नेपालका परराष्ट्रमन्त्रीको ट्वीटको जवाफ दिएर खुःशी व्यक्त गरेकी हुन् । अहिलेको नेपालको आधिकारिक नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विवादित क्षेत्रहरू समावेश छन् । उनले ट्वीट गरेर भनिन, ‘हाम्रो सानो देशको गर्व राख्नु भएकोमा

धन्यवाद । म तीनै महान देशहरू बीच शान्तिमय र मर्यादित वार्तालापको लागि तत्पर छु ।’कामको बारेमा कुरा गर्दा, मनीषा केहि समयका लागि चलचित्रहरूमा अलि बढी सक्रिय भइन् । उनले राजकुमार हिरानीको ब्लकबस्टर फिल्म सञ्जूमा अभिनय गरिन् । यस फिल्ममा उनले रणबीर कपूरकी आमाको भूमिका खेलेकी छिन् । यस फिल्म पछि मनीषाले सञ्जय दत्तसँग फिल्म प्रस्थानमा काम गरिन् । यस फिल्ममा अली फजल र ज्याकी श्रफ जस्ता अभिनेताहरु पनि देखिएका छन् । कोईरालाको यस बयानमा नेपालीहरुले समर्थन गरेको भए पनि भारतीय फ्यानहरुले भने दुःख व्यक्त गरेका छन् । भारतीय मिडियाहरुमा पनि खुबै चर्चा गरिएको छ ।

Related Articles

Back to top button