समाचार

१ सय ३६ मान्छे बोकेको विमान नदीमा खस्याे

काठमाडाैँ – १ सय ३६ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेको छ। नौसेना एयर स्टेशन जैक्सनविले के एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा चिप्लिएर नदीमा खसेको हो। अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।नौसेना विमानस्थल ग्वाण्टानामो बेबाट आएको उक्त विमान स्थनीय समय अनुसार ९ः४० मा साँझ नदीमा डुबेको थियो। संचार माध्यमलाइ कम्पनीले घटनाको बारेमा प्राप्त जानकारीबारे जानकारी गराइएको बोइङका प्रवक्ताले बताए ।केटीको विषयमा ललितपुरमा ग्याङफाइट, छुरा प्रहारबाट एकको मृत्युललितपुर । शुक्रबार साँझ साढे ६ बजेतिर ललितपुरको सुमेरु अस्पताल नजिकैको गल्लीमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको छुरा प्रहारबाट मृत्यु भएको छकेटीको विषयमा विवाद हुँदा ललितपुर महानगरपालिका – ६ प्रयागपोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डीएसपी) नारायण चिमौरियाका अनुसार केटीको बिषयमा विवाद हुँदा २ समूहबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको हो ।अन्सनको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको हो । पक्राउ परेका सबै केटाहरु लागूऔषध दुव्र्यसनीमा संलग्न रहेको समेत डीएसपी चिमौरियाले बताए । सो घटनामा संलग्न मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको डीएसपी) चिमौरियाले रातोपाटीलाई
जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री तुफान फानीको प्रभाव शुक्रबार नेपालभर परेको छ । भारतको तटीय राज्यमा व्यापक प्रभाव पारेको फानी नेपाल पुग्दा भने तुफानको स्वरुपमा नभएर चिसो हावाका

रुपमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाकी मौसम विद् मञ्जु बासीका अनुसार फानीका कारण शनिबार पनि देशै भर मौसम परिवर्तन भइरहनेछ । उनले फानीको प्रभावमात्र नेपालमा परेको तर, तुफान नै नआएको बताइन् ।उनले शुक्रबार साँझदेखि बंगालको खाडीबाट आएको चिसो हावा नेपाल प्रवेश गरेको बताइन् । उनले शनिबार पनि पूर्वी क्षेत्रमा उडान गर्नु ठिक नहुने भन्दै सबै सचेत हुनुपर्ने बताइन् । उनले केही स्थानमा हावाहुरीसहित वर्षा हुने र चट्यांगको जोखिम पनि हुने बताइन् । समुन्द्री तुफानले अनपेक्षितरुपमा दिशा पनि परिवर्तन गर्न सक्ने भएकाले सबैले सचेत रहनु नै राम्रो हुने बताइन् । उता भारतमा भने फानीले वितण्डा मच्चाएको छ । भारको ओडिशा, आन्द्रप्रदेश, तमिलनाडु र पश्चिम बंगालमा यसले व्यापक क्षति गरेको छ । मानवीय क्षति न्यून भए पनि अन्य संरचनाहरु भने ध्वस्त बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ओडिशाको राजधानी भूवनेश्वरमस्थित विमानस्थल पनि ध्वस्त भएको छ ।रुकुम पूर्व – सिस्ने गाउँपालिका-८, झिमखोलामा शुक्रबार जीप दुर्घटना हुँदा ९ महिनेबालिकाको ज्यान गएको छ रुकुम पश्चिमको मुसीकोटबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका-७, सिस्नेरीतर्फ जाँदै गरेको लु १ ज १७८१ नम्बरको जीप दुर्घटना हुँदा सिस्ने-८ भुरुंगाकी ९ महिने निर्जला रावलको ज्यान गएको तथा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ निमित्त जिल्ला प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार घाइते हुनेहरुमा मृतक निर्जलाकी आमा २४ वर्षीया रमिता रावल, चालक सिस्ने-८ का २५ वर्षीय राजन बोहरा, सिस्ने-८ का १७ वर्षlय मोहन चन्द, सिस्ने-७ की १७ वर्षlया ज्ञानु रेउले र त्यसै ठाउँकी १६ वर्षीया इश्वरी गौतम रहेका छन् जीप सडकबाट

झण्डै ३ सय मिटर तल खसेको, चालक गम्भीर घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भैरहेको निमित्त प्रहरी प्रमुख सुनारले जानकारी दिनुभयो घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको छ ।दाङ : दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाका कारण शान्तिनगरको भलानेटी पुरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ। शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि शान्तिनगरमा उच्च सतर्कताअपनाइएको छ। शान्तिनगर ३ मा पर्ने भलानेटी क्षेत्रमा झाडापखाला फैलिदा सिङगो गाउँ त्रसित भएको छशुक्रबार बिहानबाट देखिएको झाडापखालाको प्रकोप बढ्दै गएको र बेलुकासम्म ५० जना भन्दा बढी बिरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए।शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुनले भलानेटीमा झाडापखालाको प्रकोप देखिएको भन्दै उपचारलाई प्रभावकारी बनाइएको बताए। उनले केहीलाई गाउँमै र कडा बिरामीलाई स्वास्थ्य चौकीमा ल्याएर उपचार गरिरहेको बताए। झाडापखालाका कारण गाउँमा ५० जनाको हाराहारीमा बिरामी परेका छन्। झाडापखालाको प्रकोप भएको क्षेत्रमा गाउँपालिका अध्यक्ष कमानसिह डाँगी, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, वडा अध्यक्ष बुद्धीराम तिवारीलगायतको टोलीले भलानेटीको स्थलगत अवलोकन गरेको छ। एजेन्सी । भारतमा बिहेको लागि छुट्टी नपाएपछि एक सैनिक जवानले आफ्नै हाकिममाथि गोली प्रहार गरेका छन् ।असाम राज्यमा सशस्त्र प्रहरीबलको रुपमा कार्यरत रहेका २५ बर्षीय लक्ष्मीकान्त बर्मनले उनका हाकिम सब इन्सपेक्टर भोलानाथ दासमाथि गोली चलाएका हुन् । सुरुमा लक्ष्मीकान्त बर्मनले आफ्नो विवाहकालागि छुट्टी मागेका थिए ।तर भारतमा भईरहेको लोकसभाको निर्वाचनका कारण हाकिम दासले छुट्टी दिएका थिएनन् । सोही छुट्टी नदिएको झोकमा आँफैले बोकेको इन्सास राइफलबाट अन्धधुन्द गोली चलाउँदा हाकिमको ज्यान गएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । उनले इन्सास राइफलबाट १३ राउण्ड गोली फायर गरेका थिए ।लक्ष्मीकान्त डिप्रेशनका विरामी भएको उनका साथिहरुले जनाका छन् । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्समा

खटएका बेला बिहीबार सो घटना भएको हो । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा उनको विवाह हुने तय भएको थियो ।धनगढी, कैलालीको गोदावरी नगरपालिका अत्तरिया बजारकी २२ वर्षीया रुकसरा कुरैसीको हत्या गरेको आरोपमा उनका श्रीमान् साहवे आलमलाई पक्राउ गरिएको छ ।अत्तरिया बजारमा भाडामा बसेर राँगा–भैँसीको कारोवार गर्दै आएका आलमले माइती पक्षबाट दाइजो नदिलाएको भन्दै श्रीमती रुकसराको हत्या गरेको आरोप लागेको छ । रुकसराका बुबा इस्लाम अहमद कुरैसीले छोरीको घरपरिवारका सदस्यको मिलेमतोमा दाइजो नदिलाएको निहुँमा हत्या गरिएको आरोप लागएका छन् । रुकसराको माइती घर नेपालगञ्ज हो । घाँटीमा निल डाम र जिब्रोमा घाउ रहेको अवस्थामा आज प्रहरीले उनको शव फेला पारेको थियो घटनाको अनुसन्धान गर्न रुकसराका देवरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो । “दाइजो स्वरुप मोटरसाइकल र रु तीन लाख देउ भनेर घरमा हैरान पारे भनेर छोरीले फोन गरेकी थिइन”, रुकसराका बुबा कुरैसीले भन्नुभयो, “छोरीले फोन गरेको आधा घण्टापछि घरमै झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी दिइयो ।रुकसराको हत्यामा घर परिवारका सदस्यको नै हात रहेको भन्दै कानूनी कारवाहीका लागि कुरैसीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको हो । मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ । रुकसराको नौ महीना अघि विवाह भएको हो । भारतको नानपरा घर भएका आलम लामो समयदेखि अत्तरियामा मासुको व्यापार गर्दै आएका थिए ।प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६१४:४०

Related Articles

Back to top button