समाचार

माइला लामालाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन !

जेठ १९, २०७६काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न निर्देशन दिएका छन् ।बादलले गत जेठ १३ गते नेकपाले आव्हान गरेको नेपाल बन्द सफल बनाउने उदेश्यले राजधानीका विभिन्न स्थानमा राख्न तयार गरिएको विस्पोटक पदार्थ बनाउने कार्यको नेतृत्वको लामाले गरेको भन्दै पक्राउ गर्न ठाडो आदेश दिएका हुन् ।काठमाडौं सीतापाइलामा बस्दै आएका लामाको नेतृत्वमा तयार गरिएको विस्पोटक पदार्थ बन्दको अघिल्लो दिन प्राविधिक कारणले विस्पोट भएको र त्यस क्रममा ४ जना नेकपा कार्यकर्ताले ज्यान गुमापछि गृहमन्त्री बादलले लामाको खोजि गर्न निर्देशन दिएको बताइएको छ ।तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष लामा पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए । हाल लामाले विप्लव समूहमा राजधानीको जिम्मेवारी लिएको खुलासा भएसँगै प्रहरीले उनलाई निशाना बनाएको हो ।

राजधानीको दुई स्थानमा गत जेठ १२ गते भएको विस्पोटमा नेकपाका ४ जना कार्यकर्ताले ज्यान गुमाएका थिए भने १३ गते उपत्यकाका विभिन्न स्थानमा बम फेला परेको थियो ।प्रकाशित : आइतबार, जेठ १९, २०७६१०:२३छिमेकी महिलामाथि खुकुरी प्रहार …काठमाडौँ : जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनापछि फरार रहेका विकलाई सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रकाशित : आइतबार, जेठ १९, २०७६०९:५५

Related Articles

Back to top button