समाचार

सवारी दुर्घटना पत्रकार सहित ३ जनाको मृत्यु २३ जना घाइते

काठमाडौं । ललितपुरको सानेपामा आइतबार डरलाग्दो दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान गुमाउने पत्रकार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा हुन्उनले केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका थिए भने पछिल्लो समय कृषि सम्बन्धी युट्युब च्यानल ‘किसान’ सञ्चालन गरेका थिए । ललितपुरको गोदाबरी निवासी उनी लामो समयदेखि रेडियो पत्रकारको रूपमा सक्रिय थिए । उनी मोटरसाइकलमा सवार थिएमृत्यु हुने अर्का व्यक्ति नुवाकोट जिल्ला, कुमारी–३ घर भएका चन्द्रमणि मुडभरी हुन् प्रहरीकाअनुसार सुरुमा दुईवटा जिप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जिपमा अर्को एउटा
कार र मोटरसाइकल ठोक्किन पुगेका थिए ।तीनवटा गाडी र एउटा मोटरसाइकल एकै ठाउँमा ठोक्किँदा दुर्घटनास्थल डरलाग्दो देखिएको प्रत्यक्षदर्शीहरुले

बताएका छन् । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै नजिकको मेगा अस्पताल पुर्याएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ ।दाङ : दाङमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर नजिक ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार बेलुका तुलसीपुरबाट पश्चिम दाङ जाँदै गरेको रा १ त १७०७ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक दंगीशरण गाउँपालिका वडा नं ५ सलौरा निवासी ५० बर्षिय भीमबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार चौधरीको घटना स्थलमै मृत्यु भएको हो। शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। यसैबीच आइतबार नै घोराही उपमहानगरपालिकाका कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

Related Articles

Back to top button