समाचार

ल हेर्नुहोस् शंका लागेर भी आईपी सवार गाडी, चेक गर्दा

ल हेर्नुहोस् ! भीआईपी सवार गाडी, शंका लागेर चेक गर्दा गाँजा तस्करी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)८ बैशाख, हेटौंडा । भारतको ‘क्राइम चेक अग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध तस्करले गाँजा तस्करी गर्ने गरेको खुलेको छ । प्रहरीलाई झुक्याउन तस्करले यो विधि अपनाउन थालेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले यसअघि ट्रक, ट्याङ्कर, एम्बुलेन्स र कारमा फल्सबटम बनाएर गाँजा तस्करी गर्दै गरेको अवस्थामा थुप्रै अपरेशन चलाइसक्यो । तर, हालै प्रहरीले भीआईपी गाडीको आवरणमा गाँजा तस्करी हुने नयाँ शैली भेट्टाएको हो । यसरी गाँजा तस्करी गर्दागर्दै प्रहरीले भारत विहारका अमरजित सिंहलाई पक्राउ गरेको छ ।उनले चलाएको बिआर ३१ एम ५०५१ नम्बरको कारलाई पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा, तीनताप्केमा चेकजाँच गर्ने क्रममा ४८ किलो ८ सय ग्राम गाँजा भेटिएको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार उनले कारको पछिल्लो भागमा सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाएका थिए । गाँजासहित पक्राउ परेका सिंहलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र कारसमेत जफत हुनसक्छ । पछिल्लो दुई महिनामा ३ वटा भारतीय सवारीबाट लागुऔषध गाँजा तस्करी हुँदाहुँदै प्रहरीले नियन्त्रणमा लिइसकेको छ काठमाडौं । ललितपुरको सानेपामा आइतबार डरलाग्दो दुर्घटना भएको छ । तीनवटा गाडी र एउटा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मृतक मध्ये एकजना काठमाडौं कार्यथलो रहेका पत्रकार छन् । दुर्घटनामा ज्यान

गुमाउने पत्रकार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा हुन्उनले केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका थिए भने पछिल्लो
समय कृषि सम्बन्धी युट्युब च्यानल ‘किसान’ सञ्चालन गरेका थिए । ललितपुरको गोदाबरी निवासी उनी लामो समयदेखि रेडियो पत्रकारको रूपमा सक्रिय थिए । उनी मोटरसाइकलमा सवार थिएमृत्यु हुने अर्का व्यक्ति नुवाकोट जिल्ला, कुमारी–३ घर भएका चन्द्रमणि मुडभरी हुन् प्रहरीकाअनुसार सुरुमा दुईवटा जिप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जिपमा अर्को एउटा कार र मोटरसाइकल ठोक्किन पुगेका थिए ।तीनवटा गाडी र एउटा मोटरसाइकल एकै ठाउँमा ठोक्किँदा दुर्घटनास्थल डरलाग्दो देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै नजिकको मेगा अस्पताल पुर्याएको थियो ।त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ ।दाङ : दाङमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर नजिक ट्याक्टरले साइकलयात्रीलाई ठक्कर दिँदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार बेलुका तुलसीपुरबाट पश्चिम दाङ जाँदै गरेको रा १ त १७०७ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक दंगीशरण गाउँपालिका वडा नं ५ सलौरा निवासी ५० बर्षिय भीमबहादुर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार चौधरीको घटना स्थलमै मृत्यु भएको हो। शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। यसैबीच आइतबार नै घोराही उपमहानगरपालिकाका कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

Related Articles

Back to top button