समाचार

भिषण हावाहुरी : ३ जनाको मृत्यु चार घाइते

केदार शर्मचितवन, ११ जेठ । आइतबार साँझ आएको हावाहुरी सहितको बर्षाका कारण गैडाकोटमा २ जनाको ज्यान गएको छ ।खोरमा दाना दिदै गर्दा नवलपुरको गैडाकोट नगरपालिका ८ का ३५ बर्षीया काशीराम पौडेल र ४० बर्षीया सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ ।साँझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।केदार शर्मा,चितवन, जेठ ११ । चितवनको आँपटारी देवघाट सडकखण्डमा रुख ढलेर किच्दा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) साँझ भिषण हावाहुरीको कारण रुख ढलेर लाग्दा गम्भीर घाइते भएका भरतपुर १२ बस्ने २१ वर्षीय राम बहादुर बिकको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बिकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।घाइते भएका अन्य चार जनाको उपचार भइरहेको छ । घाइते हुनेहरुमा भरतपुर १२ का ३४ बर्षीय सुरेश बिक, सोही स्थानका ३६ बर्षीय दीपक कुमाल, ३१ बर्षीय प्रदीप शर्मा र ट्र्याकटर चालक २६ बर्षीय शम्भु खड्का रहेका छन् ।भारी बर्षा भएपछि सडक छेउमा रोकिराखेको ना ३ त ३४२३ नम्बरको ट्र्याक्टर मुनी ओत लागि बसिरहेको अवस्थामा सालको रुख ढलेर लाग्दा ५ जना घाइते भएका थिए ।

Related Articles

Back to top button