समाचार

चितवन मा एक को मृत्यु

चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ।उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले सेतोपाटीलाई बताए। उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो।अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए।उनको बुटवलमानै कोरोनाको परीक्षणका लागि स्वाब लिइएको भएपनि नतिजा आइसकेको छैन। भरतपुर अस्पतालले पनि श्वाब परीक्षणको तयारी गरेको छ।प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७, ०९:५३:००दाेलाख, १२ जेठ । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

भएका छन् ।दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।बेपत्ता दुवै युवा आइतबार फरक फरक ठाउँमा माछा मार्न र पौडी खेल्न गएका थिए । बेपत्ता भएका दुवै जनाको स्थानीय तथा प्रहरीको सक्रियतामा खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Related Articles

Back to top button