समाचार

सिन्दुपाल्चोक केन्द्रविन्दु भूकम्पले दियो झड्का !

काठमाडौँ – शनिबार सिन्धुपाल्चोकआसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान ८ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोकआसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको हो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ८ बजेर ३७ मिनेटमा सिन्दुपाल्चोकलाई केन्द्रविन्दु बनाएको ४ रेक्टरको भूकम्प गएको हो। भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोकर दोलखाका विभिन्न क्षेत्रमा महसुस गरिएको बताइएको छ।२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि देशका विभिन्न ठाउँमा निरन्तर भूकम्पको धक्का महसुस गरिँदै आएको छ। यहि हप्ताको सोमबार पनि सिन्दुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको धक्का महसुस गरिएको थियो।महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्राडा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।उनका अनुसार जमीनमुनि
भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति

सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए। जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको संकेत परकम्पनले दिने उनले बताए।सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ। विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभङ्गासम्म पुगेको बताए।विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ।भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ। भूकम्पले नभएर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो।प्रकाशित : शनिबार, बैशाख २१, २०७६०३:३२

Related Articles

Back to top button