समाचार

अकस्मात ढाड र पेट दुखेर अस्पताल पुगेकी मिरा कहिल्यै नफर्कने गरी गइन

उत्तम पौडेल,पोखरा, १६ जेठ । अकस्मात ढाड र पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको मृत्यु भएको छ ।अस्पताल पुगेपछि मिरालाई चिकित्सकले इन्जेक्सन दिएका थिए । इन्जेक्सन दिएको केही समयमै उनको मृत्यु भएको हो ।बिहान
मर्निङ वाकपछि केही समय ब्याडमिन्टन खेलेको समयमा नै उनलाई पीडा महशुस भएको थियो । मिराका पति प्रदीपले भने, ‘लगत्तै मैले गाडीमा हालेर
हस्पिटल पु¥याए तर उनको ज्यान गयो ।’मिराको मृत्यु भएपछि आफन्तले हस्पिटललाई दोष दिएका छन् । हाल हस्पिटलमा मृतकका आफन्त र हस्पिटल प्रशासनबीच वार्ता भइरहेको छ ।मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् मुल्मी दम्पतिका १ छोरा र १ छोरी छिन् ।

काठमाडौं, १६ जेठ चर्चित गीतका रत्नशम्शेर थापाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ती जारी गर्दै गीतकार थापाको निधनप्रति दुःख व्यक्त गरेको हो ।सभापति शेरबहादुर देउवाले गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “नेपालको सांगीतिक क्षेत्रका चर्चित वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनको खबरले मलाई दुःखीत बनाएको छ । कालजयी र सदावहार गीतहरु सिर्जना गरेर स्वर्गीय थापाले नेपालको सांगीतिक क्षेत्रमा ठूलो योगदान पु¥याउनु भएको थियो ।’गीतकार थापाको निधनबाट अपूरणीय क्षति पुगेको पनि शोक विज्ञप्तीमा उल्लेख गरिएको छ । गीतका थापाको विहीबार ८३ वर्षको उमेरमा निधन भएको थियो ।

Related Articles

Back to top button