समाचार

बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा नर्सको रहस्मय निधन

मोरङ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्कीको निधन रहस्यमय भएको भन्दै पीडित परिवारले दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । मोरङको उर्लाबारी घर भई स्वास्थ्य केन्द्र मोराहाङ्मा कार्यरत रहेकी २४ बर्षीया कार्कीको तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा रहस्मय निधन भएको थियो ।कार्कीको रहस्यमय निधन को मुख्यकारक ठेकेदार नुवाकोट, तारकेश्वर–६ का खम्बसिङ्गतामाङको हात रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई हदैसम्म कार्वाही गर्न मृतकका दाजु रोविन कार्कीले माग गर्नुभयो । तामाङले मृतकलाई लामो समयदेखि मानसिक तनाबसमेत दिँदै आएको खुल्न आएको छ गत माघमा केही दिनको छुट्टीमा मोरङ्,उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ कामगर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन् तर,परिवारलेलामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा

जागिर खान जाँदा न्यास्रोले त्यसोभनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो अहिले अप्रत्यासित रूपमा उनले देहत्याग गरेको खबर आएपछि परिवार र आफन्त शोकमा डुबेका छन् । तर, परिवार देहत्याग नभएर ह त्या भएको बताउँदै आएका छन् ।प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार तामाङलाई पक्राउ गरी अ’पहर’ण, श’रीर ब’न्धक र देहत्याग दु’रुत्साहनमा म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घरमा दुई पत्नी हुँदाहुँदै नर्स कार्कीसँगसमेत नजिकिएको र १० गते सँगैै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाई छ । तामाङले नर्स कार्कीलाई पछिल्लो समय निकै तनाब दिने गरेको जानकार स्रोत बताउँछ ।प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । अनुसन्धानका क्रममा ३८ वर्षीया तामाङका दुई वटा श्रीमती रहेको खुलेको छ । उनका दुवै श्रीमती नुवाकोटमा रहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button