अन्तर्राष्ट्रिय

१३ जना सवार !भारतीय वायु सेनाको जहाज सम्पर्क बिहिन

काठमाडौँ : सोमबार दिउँसो भारतीय वायु सेनाको एक जहाज सम्पर्क बिहिन भएको छ ।चालक दलका ८ जना सहित पाँच यात्रु बोकेको जहाज दिउँसो १ बजेबाट हराएको हो ।पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको उक्त जहाज टेक अफ भएको केहीबेरमै सम्पर्क बाहिर गएको त्यहाँका संचार मध्यमहरुले जनाएका छन् ।हराएको विमान खोजि कार्य तीव्र भइरहेको बताइएको छ ।प्रकाशित : सोमबार, जेठ २०, २०७६१०:५७प्रहरी चौकीमा तीन घन्टा बसेर विप्लव कार्यकर्ता संखुवासभातिर’भोजपुरको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्का प्रहरी चौकी गएका हतियारधारी विप्लव कार्यकर्ता सोमबार बिहानै त्यहाँबाट भागिसकेको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ।प्रधान कार्यालय उच्च स्रोतका अनुसार खाली रहेको प्रहरी चौकीमा तीन घन्टा बसेर झिसमिसै विप्लव कार्यकर्ता संखुवासभा हिँडेका थिए। महाकुलुङ गाउँपालिकामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली विप्लव कार्यकर्ताको खोजीमा परिचालित छ। ‘विप्लव समूहबाट हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरी त्यहाँको चौकी खाली गराइएको थियो,’ प्रहरी उच्च स्रोतले भन्यो,‘त्यही खाली चौकीमा गएर विप्लव कार्यकर्ता संखुवासभातिर हिँडेको सूचना छ।’विप्लव समूहबाट भएको चौकी आक्रमण प्रयास र
पछिल्लो जानकारीबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन। प्रहरी प्रवक्ता विश्वराज पोखरेलले प्रहरी चौकीमा आक्रमण प्रयास नभएको र चौकी पनि

नसारिएको बताए।१ नम्बर प्रदेश प्रहरीले पनि यसबारे जानकारी दिन मानेको छैन। प्रदेश प्रहरी प्रमुख केदार रिजाल सम्पर्कमा आएका छैनन्।सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा डेढ महिनादेखि विप्लव समूहका हतियारधारी कार्यकर्ताले गतिविधि गरिरहेको स्थानीयले बताएका छन्।विशेषगरी महाकुलुङ गाउँपालिका–५ नुर्कुममा विप्लव कार्यकर्ता गतिविधि बढेको स्थानीयले बताए।नुर्कुममा प्रहरी चौकी नभएकाले विप्लव कार्यकर्तालाई गतिविधि गर्न सजिलो पनि भएको हो।महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीका अनुसार नुर्कुममा विप्लव कार्यकर्ताको गतिविधि बढेपछि सुरक्षाकर्मीले नियमित गस्ती गरिरहेको छ।‘सशस्त्र र नेपाल प्रहरीले नियमित गस्ती गरिरहेको छ, तर कोही पनि पक्राउ परेका छैनन्,’ किराँतीले भने।स्थानीयलाई उद्धृत गर्दै उनले जनाएअनुसार विप्लव कार्यकर्ता हतियारसहित हिँडडुल गर्छन्। महाकुलुङ गाउँपालिकामा करिब ३० जनाको संख्यामा हतियारधारी विप्लव माओवादी कार्यकर्ता रहेको बुझिएको उनले बताए।आइतबार मध्यराति महाकुलुङ–३ को छेस्का प्रहरी चौकीमा तिनै हतियारधारी कार्यकर्ता गएको अनुमान उनको छ। विप्लव कार्यकर्ता त्यहाँ पुग्दा प्रहरीलाई सुरक्षित स्थानमा सारिएको थियो। सदरमुकाम सल्लेरीबाट सशस्त्र र नेपाल प्रहरीले नियमित गस्ती गरिरहे पनि त्यहाँ विप्लव कार्यकर्ता पक्राउ गर्न सकेको छैन।प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६, ०४:०६:०

Related Articles

Back to top button