अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटना पाँच सैनिकसहित ६ जनाको मृत्यु

मेक्सिकोमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो ।देशको उत्तरी क्वेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले जानकारी दिएका छन् । एमआई १७ हेलिकोप्टर छिमेकि सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट डढेलो प्रभावित क्षेत्रतर्फ गएको थियो ।आगो निभाउन हेलिकोप्टरमा २५ सय लिटर पानी लिइएको थियो । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले दुर्घटनाको थप विवरण आउन बाँकी छ ।गृह मन्त्रालयले देशभरका प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र सशस्त्र प्रहरी समेत परिचालनगर्ने रणनीति अघि सारेकोछ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको प्रहरी चौकीमा आईतबार मध्यराति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेपछि गृहले यस्तो रणनीति बनाएको हो।आफूलाई नियमित सुरक्षा बिफ्रिङ गर्न पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकद्वयसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सोलुखुम्बु घटनाका बिषयमा छलफल गरेका थिए।त्यसपछि मन्त्री थापाको निर्देशनमा महाकुलुङ गाउँपालिकाको छेस्काममा रहेको प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई फिर्ता बोलाउदै त्यहाँ थप मद्दतसहित नयाँ टोली परिचालन गरिएको छ।गृहको आग्रहमा प्रहरी र सशस्त्र प्रहरीको टोली सेनाको हेलिकोप्टरमा घटनास्थल पुगेर विप्लव समूहको खोजी

समेत गरिरहेको छ।गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले नियमित बिफ्रिङमा सोलुखुम्बु घटना केन्द्रमा राखेर छलफल भएको जानकारी दिए।आवश्यकता
अनुसार देशभर एकान्त र बिकटमा रहेका प्रहरी चौकी सार्नेदेखि बलियो बनाउनेसम्मका बिषयमा छलफल भएको बताएका उनले हवाई गस्तीका बिषयमा
केही निर्णय नभएको स्पष्ट पारे।काठमाडौँ – झापामा भएको एक सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार स्कुटर दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-१ बस्ने २७ वर्षीया रञ्जना खनालको मृत्यु भएको हो।पुर्वपश्चिम राजमार्गमा पर्ने धरमपुर चोकमा मे१०प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे७प १६७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते भएकी खनाललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको र उपचारको क्रममा उनको त्यहीं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।मृत्यु हुने रञ्जना नेपाल कम्युनिष्ट पाटी (नेकपा) झापाका सचिवालय सदस्य एबम् क्षेत्र नं ४ का इन्चार्ज राधाकृष्ण खनालकी छोरी रहेकी छन्। प्रहरीका अनुसार मृतकको शव मेची अस्चल अस्पताल भद्रपुर पठाइएको छप्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिसकेको छप्रकाशित : सोमबार, जेठ २०, २०७६१२:०३१४४ यात्रु बोकेर उडेको विमानमा बम रहेको

हल्ला चलेपछि… सिङ्गापुर । १४४ यात्रु बाकेर आकाशमा उडिरहेको विमानमा बम भएको एकाएक हल्ला चल्यो । विमानमा बम भएको हल्ला चलेपछि
सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराइएको छ। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा बम भएको जानकारी प्रहरीले पाएको थियो ।विमान अवतरणपछि कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको छ। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए।नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी पनि सोही विमानको यात्रु भएको बताइएको छ। हाल प्रहरीले उनलाई अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको र उनले त्यसमा सघाइरहेको बताइएको छ।सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमानले स्थानीय समयानुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ।तपाईको प्रतिक्रिया

Related Articles

Back to top button