समाचार

सशस्त्रले तोड्यो भारतीय एसएसबीको बर्षौ देखिको दादागिरी,

बेलौरी, २२ जेठ भारतीय सीमासुरक्षा बल(एसएसबी)ले जहिलेपनि महाकाली नगरपालिका ८सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)लाई आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए ।कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्टगरिदिनेकहिले खेति गरिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए । चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष लगाएको मसुरोखेतमा भारतीय नागरिकले ट्याक्टर लगाएर नष्ट गरिदियो हालै बर्खेखेतीका लागि जेठ दोस्रो साता खेत जोत्दा एसएसबीले अवरोध गरिदिएपछि कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहु विवादित क्षेत्र पुगे ।बिहीबार बिहानै विवादित सीमा क्षेत्रपुगेको सशस्त्र प्रहरी बल कञ्चनपुरका कमाण्डर साहुले भारतीय सीमा सुरक्षा बल(एसएसबी), जनप्रतिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)का डेपुटी कमाण्डर महेश कनियाल सहितका पक्षसंग छलफल गरेर भारतीय

पक्षबाट बषौँदेखि हुँदै आएको विवाद टुङ्गो लागेको हो ।‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउँछन्, ‘उनले भने, ‘लामो समयदेखिको विवाद
टुङ्गो लाग्यो ।’१७ नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १०÷१०मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन । वार्ता लगत्तै लक्ष्मणले आफ्नो जमिन खनजोत गरेका छन् ।बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे ।‘ सशस्त्र प्रहरी बलले मेरो बषौँदेखिको विवाद टुङ्गो लगाईदियो ।’अव निर्वाधरुपमा खेत खनजोत गरेर उपभोग

गर्ने उनले बताए ।नेपाल भारतको सीमा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ ।उक्त जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएको थिएन् ।यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले ट्याक्टर लगाएर बाली नष्ट गरिदिएको थियो । तीन बर्ष अघि पनि भारतीय एसएसबीले
लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो ।विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।महाकाली नगरपालिका जनप्रतिनिधि स्थानीय एवं सरोकारवाला पक्षले सशस्त्र प्रहरीको प्रसंशा गरेका छन् । विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।भारतसंग सीमा जोडिएको कञ्चनपुरको १ सय २९. ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् ।

Related Articles

Back to top button