भिडियो

रंगशालाको लफडाः माफी माग्दै धुर्मुस सुन्तलीले चितवन छाडे, के अब नबन्ने भयो रंगशाला ?

रंगशालाको लफडाः माफी माग्दै धुर्मुस सुन्तलीले चितवन छाडे, के अब नबन्ने भयो रंगशाला ? (भिडियोसहित)चितवन । मुलुकमै पहिलो पटक बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ । अनुकूल वातावरण नभएको भन्दै निर्माणकर्ता धुर्मुस–सुन्तली फाउण्डेशनले काम रोकेको हो । साथै उसले सुरक्षाको प्रत्याभूति गरी काम गर्ने वातावरण बनाइदिन सम्बद्ध निकायलाई आग्रह समेत गरेको छ ।धुर्मुस सुन्तली फाउण्डेशनले निमार्ण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधवार स्थानीयले डोजर लगाएर भत्काईदिएका छन । चितवनको रामपुरमा निर्माण गरिरहेको रंगशाला निर्माणस्थलको तारबार, लगायतका संरचनामा डोजर लगाएर भत्काईदिएका हुन । राजनीतिक दलका स्थानीय नेताहरुले कमिशनको बार्गेनिङ नमिलेपछि भत्काएको अभियान्ता सिताराम कट्टेलले जानकारी दिए । प्रहरीले भने बार भत्काउनेको पहिचान भैनसकेको जनाएको छ । स्थानीयले रंगशाला निमार्णका क्रममा छेऊको बाटो बढाउनुपर्ने माग गदैं आएको तर विभिन्न चरणमा भएका छलफलमा टुंगो लाग्न नसक्दा विवाद चुलिदैं आएको थियो । निमार्णधिन संरचनामा डोजर लगाएर भत्काएको खबर पाएपछि निमार्णस्थलमा पुगेका धुमुर्सले यस्तो कारुणिक दृश्य अहिलेसम्म नभोगेको भन्दै आशु खसालेका छन । जुन घटना आफ्नै आँखा अगाडि घट्यो, जुन दृश्य देखेँ यो भन्दा कारुणिक दृश्य मेरो जीवनमा मैले देखेको छैन मेरो सपनामा भन्दा बढि विदेशमा बस्ने लाखौं नेपालीको पसिनामा डोजर चलाईयो ।

Related Articles

Back to top button