समाचार

यात्रु चार्टर उडानमा सरकार द्वारा रोक

काठमाडौं, २४ जेठ । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले गत वर्षको चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाइसकेको छ, तरसरकारसँग अनुमति नलिई टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललेप्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।सोही बमोजिम नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुनेचार्टर उडानबाहेक सबैमाथि रोक

लगाएको छ ।शनिबार साँझ प्राधिकरण को एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले ‘अर्जेन्ट नोटिस’ जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी रएयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाउनुभएको हो ।कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि प्राधिकरणले आज साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको हो मानवीय उद्धार गर्नुपर्ने नै भएमा सम्बन्धित मुलुकको दुतावासमार्फत् चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुने जनाइएको छ ।

Related Articles

Back to top button