समाचार

पोखरा मा कोरोना सक्रमित गुरुङको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ :३० बजे मृत्यु भएका स्याङ्जाको वालिङनगरपालिकाका ६० वर्षीय व्यक्तिको शव ३ घण्टा लगाएर व्यवस्थापन गरिएको हो ।मृतक गुरुङको शव नेपाली सेनाको डेडिकेटेट टिमको सहयोगमा पोखरा -११ स्थित रिठ्ठाघाटमा गरिएको महानगर प्रमुख मानबहादुर जिसीले पोखरा न्यूजलाई बताए ।शव व्यवस्थापन गर्न विभिन्न ठाउँको खोजी गर्ने क्रममा ढिलाई भएको उल्लेख गर्दै प्रमुख जिसीले शव

व्यवस्थापनमा सघाउने सबैलाई धन्यवाद व्यक्त गरे ।उनले भने “हामीले स्थानीयहरु सँग छलफल गर्दा र तयारी गर्दा केहि समय लागेतापनिअन्तत सबैको
सहयोगमा शव व्यवस्थापन गरेका छौ, सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्न चाहन्छौ ।”महानगरले शव हरियोखर्कमा व्यवस्थापन गर्ने निर्णय गरेतापनि स्थानीयले अवरोधपछि महानगर पछि हटेको थियो । नेपाली सेनाको टोलिले सेती नदी किनारको रिट्ठेघाट्मा शव व्यवस्थापन गर्ने क्रममा समेत स्थानीयले केहीबेर अवरोध गरेका थिए ।शव व्यवस्थापन कार्यमा महानगर दिउसो ४ बजे देखि लागेपनि स्थानीयलाई सम्झाउन बुझाउनसमय लागेको कारण ढिलाई भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए ।

Related Articles

Back to top button