समाचार

ललितपुरमा हातखुट्टा बाँधेर खुँडाले टाउको छिनाए र शाहीको ह’त्या

राेशन दानी काठमाडाैँ, २८ जेठ । ललितपुरको बाँडेगाउँ मा खुँडा प्र’हार गरी हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा एक शव फेला परेकाे छ ।
बाँडेगाउँमाभाडामा बस्दै आएका ३८ वर्षीयअमित शाहीको खुँडाले हानेर ह’त्या गरिएको प्रहरीले जनाएकाे छ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद
राईले भने, हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ ह’त्या कसले र किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ’लकडाउनका बीच पछिल्लाे समय अपराध गतिविध बढ्न थालेका छन् ।यसअघि मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको सामूहिक ह’त्या भएको थियो ।साे

घटनामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ ।बुटवल, २८ जेठ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं१
कुचेरामा १७ वर्षीय एक किशोरको ह’त्या भएको छ ।गएराति घरमा सुतिरहेका ती १७ वर्षीय ती किशाेरकाे बाबुले नै बन्चरो हानेर गरी ह’त्या गरिएको स्थानीय पत्रकार दिनेश घिमिरेले जानकारी दिए ।गए राति करिव एक बजे आसपास सुतिरहेको छोरा सुदीप कुमाललाई बाबु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी घाईते बनाएको र उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको वडा सचिव बिर्ख पुलामीले बताए ।४८ वर्षीय बाबु रिम बहादुर कुमालले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मृतक किशाेर चैतको पहिलो साता भारतबाट फर्केका थिए ह’त्या गर्ने बावु रिम बहादुर अहिले प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

Related Articles

Back to top button