अन्तर्राष्ट्रिय

होटल मा गोली चल्यो, ४ जनाको मृत्यु

होटलमा गोली चल्यो, ४ जनाको मृत्युअष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मंगलबार साँझ स्थानीय समयअनुसार ५.५० बजे डार्बिनस्थित पाल्म्स होटलका हरेक कोठामा अन्धाधुन्ध गोली चलाउँदै हिँडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । ‘एक्कासी केही पड्केको जस्तो आवाज आउँदा त मलाई कतै आतिसवाजी भइरहेको जस्तो भान भएको थियो,’ एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
डार्बिनमा करिब ५ हजार नेपाली रहेका छन् । घटनामा कुनै नेपाली नपरेको बताइएको छ काठमाडौं । चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’ताइवान र दक्षिण चीन सागरको सुरक्षा मामिलामा हस्तक्षेप नगर्न उनले अमेरिकालाई चेतावनी दिएका छन्। पछिल्ला महिनाहरूमा अमेरिकाले स्वशासित ताइवानलाई हरकिसिमको सहयोग बढाउने बताएपछि चीनको यो प्रतिक्रिया आएको हो।पछिल्लो समयमा अमेरिकी नौसेनको कैयौँ तोप ताइवान स्ट्रेट हुँदै ताइवानसम्म गएको थियो । ताइवान स्ट्रेटले चीनलाई ताइवानसँग छ्ट्याएको छ । चीनले ताइवानमागि आफ्नो अधिकारको दाबी गर्दै आएको छ ।यो खबर आजको कारोबार दैनिकमा छ ।काठमाण्डौं, २१ जेठ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाण्डुले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट

पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले
जनाएको छ ।काठमाण्डौं, २१ जेठ । सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले नेपाल विद्युत् प्राधिकरणमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न माग गरेका छन् ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमानका राम्रा कामको सधै समर्थन गरेका र गलत गरेको भए अख्तियारले छानबिन गर्नुपर्ने बताएका हुन् ।प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा सांसद बस्नेतले संसदको लेखा समितिको बैठकमा केही विषयमा प्रश्न उठाउँदैमा सांसद अमनलाल मोदीविरुद्ध तल्लो स्तरमा गालीगलौज गरिएको भन्दै आपत्ति जनाएका हुन् ।सार्वजनिक लेखा समितिको बैठकमा माननीय अमनलाल मोदीले विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताको बारे प्रश्न उठाउनुभयो । त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट आएको २२५ मेगावाट विजुली प्रयोग गरेपनि नगरेपनि ६ दशमलव ६८ पैसा आईसी तिर्नुपरेकोबारे प्रश्न उठाउनुभयो । यो प्रश्न उठाएपछि केही मिडिया र सामाजिक सञ्जालमा तल्लो स्तरमा गाली गरियो । स्वयं कुलमानले मलाई घेराबन्दी गरियो र अनेक आरोप लगाइयो भनेको पनि सुनियो ।कुलमानजीले गरेका राम्रा काममा हामी सबैको साथ, सहयोग र समर्थन छ । माननीय अमनलाल मोदीजीले उठाउनुभएको विषय गम्भीर छ । यसमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् र दोषीहरूलाई कारवाही गरोस् भन्न चाहन्छु,’ उनले भने केही दिन पहिले लेखा समितिको बैठकमा कुलमान र सांसद मोदीबीच भनाभन भएको थियो । मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

Related Articles

Back to top button