समाचार

आज पनि १ सय ४९ जना नेपाली काठमाडाैं आइपुगे

काठमाडाैं, ३० जेठ । कुवेतबाट आज पनि १४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलाे जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।हिजाे बिहीबार पनि कुवेतबाट ५ सय ३१ जना महिला नेपाल ल्याइएकाे थियाे । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो कुवेतबाट आज काठमाडाैँ आइपुगेकाहरुमा एक सय ४० जना महिला,२ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेका छन् ।उनीहरूलाई साझा यातायत र नेपाली सेनाकाे गाडिबाट प्रादेशिकहाेल्डिङ क्षेत्र लगिएकाे छ ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेरकाम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।तस्वीर : महेश्वर केसी/न्यूज २४ नेपाल

Related Articles

Back to top button