समाचार

पाँचथर दुई परिवारका नौ जनाको विभत्स हत्या

मानबहादुरले एक्लै ९ जनाको हत्या गरेको बारे सीआईबीले निकाल्यो यस्तो निष्कर्ष जेठ २१, २०७६काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको घटना बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ।सीआईबीको प्रारम्भिक निष्कर्ष अनुसार जेठ ६ गते दुई परिवारका ९ सदस्यको हत्या मानबहादुर माखिम एक्लैले गरेपछि आत्महत्या गरेका हुन्।घटना भएलगतै घटनास्थल गएको सीआईबी टोलिले त्यहाँ रहेर साता लामो अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा मानबहादुर बाहेक अन्य कोहिको संलग्नता नदेखिएपछि घटना एकै व्यक्तिले घटाएको भन्दै सीआईबीले प्रारम्भिक निष्कर्ष निकालेको हो।सीआईबी टोलिले निम्न आधारहरुमा रहेर प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।मानबहादुर माखिम निकट व्यक्तिहरुको मोबाइल लोकेसन झिकाएर अनुसन्धान गर्दा फरक-फरक लोकेसनमा देखिनुमानबहादुरले कसैलाई आर्थिक प्रभावमा पारेको वा कसैलाई उपयोग गरेको अनुसन्धानमा नदेखिनुहत्या भएका मध्ये धेरै बालबालिका, महिला हुनु र प्रतिकार गर्न सक्ने

उमेरका हुनुयति मात्र नभई मानबहादुरले शुरुमै प्रतिकार गर्न सक्ने साढुदाइको हत्या गरेको अनुसन्धानमा देखिएको सीआईबीले बताएको छ। साढुदाइले रक्सी
र बंगुरको मासु खाएर राति अबेर सुतेको हुँदा साढुदाइले प्रतिकार गर्न नसकेको र अन्य प्रतिकार गर्न नसक्ने हुँदा मानबहादुर एक्लैले ९ जनाको हत्या गरेको सीआईबी निष्कर्ष छ।प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६१५:१३काठमाडौँ : सरकारले भोलि जेठ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छसरकारले भोलि बुधबार मुस्लिमहरुको महान चाड इद उल फितरको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सार्वजनिक बिदा बारे गृहमन्त्रालयले एक सूचना प्रकाशित गर्दै मंगलबार जानकारी गराएको छ।गत हप्ता मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार मुस्लिमहरुको महान चाड इद उल फितरको अवसरमा बुधबार सार्वजनिक विदा हुने भएको हो।“नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६/०२/१० को निर्णयानुसार मुस्लिम धर्मावलम्बीहरुको पर्ब ‘इदुल्ल फिख्ग का टिन सार्वजनिक विदा दिने निर्णय भएको र उक्त पर्ब मिति २०७६/०२/२२ गते पर्ने भएकोले सो दिन सार्वजनिक विदा हुने य्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।”,सार्वजनिक गरिएको सूचनामा भनीएको छ।

Related Articles

Back to top button