समाचार

पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ६ जना बेपत्ता , आधा दर्जन घर बिस्थापित

पर्वत, जेठ ३१ /पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ पहिरोमापुरिएका परि ३जनाको शब भेटिएको छ । सााँझ करिब २ घण्टा सम्म परेको मुसलधारे बर्षापछि आएको पहिरोमा पुरिएका अन्दाजी ६० बर्षिय तुलबहादुर थापा,उहाँकी श्रीमती रनातिनीको शब फेला परेको हो ।स्थानियबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीलेजान
कारी दिनुभयो । पहिरोमा तुलबहादुर थापाको परिवारका थप ३ जना स्थानिय कमला बिकको परिवारका पनि ३ जना हराइरहेका छन । उनीहरुको खोजी

कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो । खुट्टा डुब्ने हिलो रअध्याँरो रात भएकाले खोजीकार्यमा कठिनाई भएको उहाँले बताउनुभयो कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको होबर्षाका कारण गाउँमा धेरै क्षति भएको र थप बर्षा भएमा पहिरो नजिकका आधा दर्जन घर जोखिममा छन । गाउँमा अन्य घर र तथा गोठ भत्केको जानकारी आएपनि मानवीय क्षतिको बिबरण नआएको वडा अध्यक्ष पाध्याले बताउनुभयो ।

Related Articles

Back to top button