समाचार

५० रुपैयाँका दुई थान नोट घुस दिने चालक प्रहरीको फन्दामा

विराटनगर : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो। धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवारी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्दा ड्युटीमा खटिएका प्रहरी जवान पोषराज खतिवडालाई सवारी दर्ता किताब (ब्लु बुक)मा च्यापरेर ५० रुपैयाँका दुई थान नोट घुस दिन खोजेका थिए। भोजपुरबाट इटहरी हुँदै झुम्कातर्फ जाँदै गरेको को १ ख २६११ नम्बरको खाली ग्यासको सिलिण्डर लिएको मिनि ट्रकका चालक समेत रहेका विकलाई पक्राउ गरी आवश्यक इलाका प्रहरी कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए।पूर्वमा सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय इटहरीले शून्य सहनशीलताको कार्यक्रमलाई अगाडि बढाएको उनको भनाई छ। प्रहरी उपरीक्षक दाहालले ट्राफिक प्रहरीलाई प्रलोभनमा पारेर सवारी नियम उल्लंघन गर्नेलाई ठाउँका ठाउँ कारवाही गर्ने चेतावनी समेत दिएका छन्।चार सन्तानकी आमालाई विवाहका लागि दबाब दिइरहेका एक व्यक्तिले महिलाकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । मंगलबार यो घटनाको खुलासा भएको हो । पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । यो घटना भारतको राजधानी दिल्लीको हो ।भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख (जेठ १९) दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी
थिइन् । लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास सुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् ।उजुरीपछि

पुलिसले वरिपरिको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो ।स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् । उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए ।पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्विकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको पुलिसले जानकारी दिएको छ ।जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले मंगलबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेका हुन् ।मङ्गलबार जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए ।पुत्लादहनको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा युवा र प्रहरीबीच पुत्ला खोसाखोस समेत भएको थियो ।युवाहरुले करिब २० मिनेट सम्म सडक जाम समेत गरेका थिए ।

Related Articles

Back to top button