समाचार

भर्खरै पोखरा–बाट आयो अत्यन्तै दुखद घटनाको खबर – पुरा हेर्नुहोस

कास्की । पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् ।उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ ।घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । नेपालमा शक्तिशाली भूकम्प आउन सक्ने भूगर्भविद्को नयाँ खुलासा काठमाडौं २२ जेठ । केही दिन पहिले मात्रै नेपालमा शक्तिशाली भुकम्प आउँछ भन्दै हिड्ने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई फेस रीडर बताउँदै आएका युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यो बिचमा भुकम्पबारे नयाँ रहस्य खुल्न आएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशकका सोमनाथ सापकोटाका अनुसार नेपालमा फेरी पनि ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको छ ।भुगर्भविद्हरुले गरेको अध्ययनले पनि नेपाल उच्च भूकम्पीय जोखिम भएको देश हो । तिब्बतिय र भारतीय प्लेटको मिलन बिन्दु नेपाल रहेको हुनाले यो क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण छ ।सयौ वर्ष देखि शक्ति संचय भएको हुनाले कुनै पनि समय भूकम्प जान सक्ने महानिर्देशक सापकोटा बताउछन । नेपालको काठमाडौं र पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि

शक्तिशाली भुकम्प जानसक्ने भुगर्भविद्हरुको दावा रहेको छ ।क्षेत्रीले महिना र दिन नै तोकेको हुँदा जनतामा त्रास देखिएको थियो । नेपाल भुकम्पको उच्च जोखिम भएको देश हो यसमा शंका गर्नुपर्ने ठाउँ छैन । हामीले भुकम्पसँग भाग्नु भन्दा पनि जोखिम कसरी न्युन गर्ने भन्ने बारेमा जानकारी लिनुपर्ने हुन्छ ।भुकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्ने जस्ता कुराहरुमा पनि हामीले ख्याल गर्नुपर्ने आजको आवश्यक्ता हो ।नर्स बन्ने सपना देखेकी ९ कक्षा पढ्ने किशोरीलाई तीन महिना सम्म बन्धक बनाएर दैनिक सामुहिक बलात्कारजनकपुरधाम : धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो।किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका

छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन्।उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे। तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे।’जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उप चार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन्। उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु।’ किशोरीको आर्थिक अवस्था कमजोर छ। उनको जीवन रक्षाका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ले एक पिन्ट रगत दिएका छन्।अन्नपूर्ण बाट

Related Articles

Back to top button