समाचार

चितवनमा रंगशालाको विवाद हुदै गर्दा अब दाङमा बन्ने भयो रंगशाला

घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब रु २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो ।नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताउनुभयो । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उहाँले जानकारी दिनुभयो । नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गर्नुभयो ।रोल्पा, जेठ २० । रोल्पामा शिक्षिकाको कुटाइ बाट १४ जना विद्यार्थी घाइते भएका छन् । छिमेकी जिल्ला दाङ सँग जोडिएको रून्टीगढी गाउँपालिका-८ स्थित ‘भानु आधारभूत विद्यालय’की महिला शिक्षिका लक्ष्मी पुनको अन्धाधुन्ध कुटाइ बाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा कक्षा १ देखी कक्षा ८ सम्म पढ्ने विद्यार्थी रहेका छन् । घाइते मध्य ५ जनाको

दाङमा उपचार भैइरहेको छ । घाइतेहरूमा भीमकुमारी बाँठा, निर्मला पुन, शान्ता नेपाली, विमला रोका, गौरी घर्तीको हातमा भने गम्भीर चोट लागेको छ । उनीहरूको हातको प्लास्टर आइतबार दाङको तुल्सिपुर स्थित सहारा पोलिक्लिनकमा गरिएको छ ।उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा घनश्याम शर्माले जानकारी दिए । घाइतेहरुको अनुहार पनिसुन्निएको छ । जोर्नीमा दबाब देखिएकाले सुधार आउन केही दिन लाग्ने डा शर्माले बताए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीमकुमारी बाँठाले बताइन, ‘हामी लाइन लाग्दै थियौं, मिसले किन ढिलो आयौ भनेर हामीमाथि अन्धाधुन्ध लट्ठी प्रहार गर्नुभयो । विद्यार्थी रोइकराइ गर्न थालेपछि हेर्न नसकेर अरु सर मिसहरु अफिसतर्फ दौडिनुभयो ।’शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढामगर, दिपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली रहेका छन् । शिक्षिकाको कुटाईबाट कक्षा ३ मा पढ्ने नरबहादुको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीहरुले बताएका छन् । घटना गएको बैशाख १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाइले जानकारी दिए ।विद्यार्थीको अवस्था गम्भीर बन्न थालेपछि झण्डै एक सातापछि दाङ उपचारमा ल्याइएको छ । दुखाईका कारण रातदिन सताउने र लेख्नपढ्न समेत नसकेपछि उपचारका लागि ल्याएको अभिभावक प्रताप घर्तीले बताए ।यश घटना पछि पाचै जनाको हातमा प्लास्टर गरिएको छ। प्लास्टर पछि कुटै खाने ५ जना मिडियामा आएर खुलाए खुटाइ खानुको कारण यो हेर्नुस्

Related Articles

Back to top button