समाचार

त्रिशूलीमा जिप दुर्घटना बेपत्ताको खोजी जारी

नुवाकोट : त्रिशूली–रसुवागढी सडकको गुम्चेस्थित त्रिशूली नदीमा जिप दुर्घटनामा वेपत्ता भएकाको खोजी कार्य जारी छ। दुई महिला सहित तीनजना बेपत्ता छन्।आमा छोदिङमो गाउँपालिका ४ गोल्जुङका ४८ वर्षिय पासाङदे घले, १९ वर्षीया कामीयाङजेन तामाङ र २० वर्षिया ल्येतङ घले वेपत्ता छन। जिप नदीमा खस्दा तीनजनाको मृत्यु भएको थियो।घाइतेहरुको काठमान्डौस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।महेश सिंह महतोसिरहा, २२ जेठ । सिरहाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जर्बजस्ती भत्काए दिएका छन् ।सडकलाई १८ फिट चौडाई गर्ने बहानामा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जग र पिलर डोजर चलाएर भत्काइदिएका छन् ।उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउने निर्णय भएको थियो । तर, समितिका सचिव निर्णय विपरित उनको घरको जग र पिलर भत्काएको हो ।अध्यक्ष यादवले यस विषयमा आन्तरिक छलफल गरेर समस्या समाधान गर्ने बताए । जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गालीगलौज गर्दै घर भत्काएको पीडितको आरोप छ ।सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएको थियो ।त्यो पिलर बनाउन सचिव यादवलाई पटक पटक ताकेता गर्दा यादवले अटेर गरेका थिए । सोही निहुँ खोज्दै सचिव यादवले उनको घर भत्काएको पीडित झाको दावी छ ।घटना जेठ १६ गते भएपनि पीडित झाले आफू न्यायका लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिएको पीडित झाले बताए ।व्यक्तिगत रिसिवीको

कारण आफ्नो घर भत्काएको पीडित झाको दावी छ ।घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब रु २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो ।नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताउनुभयो । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उहाँले जानकारी दिनुभयो । नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button