समाचार

दु:खद खबर आजै ५ जनाको अकालमा मृत्यु

काठमाडौ । कास्कीको पोखरामहानगरपालिका-१७ काउछेघारीस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर पोखरामहानगरपालिका-१४ काजीपोखरी बस्ने तनहु भानु नगरपालिका-१ घर भएका २४ वर्षीय सुजन श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्नेक्रममा श्रेष्ठ पानीमा डुबेको भन्ने खबर पाप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाटखटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको लाश फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता भोजपुर ट्याम्के मैयुम गाउँपालिका-१ सुमलिखा बस्ने रामजी राउतको १० वर्षीया छोरी रितिका राउतको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । भोजपुरषडानन्द नगरपालिका-३ सानो दिङला बस्ने मावली हजुर बुबाको घरमा बस्दै आएकी उनको जेठ २० गते खेतमा धान रोप्ने क्रममा चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको सोही नगरपालिका-३ खार्ताम्छा उप स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सर्लाहीको बसवरिया गाउँपालिका-५बस्ने ४३ वर्षीय नरेश रामको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका-२ स्थित घर छाउने क्रममा विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता गोरखाको पालुङटारनगरपालिका-६ पिप्ले बस्ने४८ वर्षीय रेशम बहादुर नेपालीको गोबर ग्याँसको डुम सफा गर्ने क्रममा डुमभित्र खसेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-६ चपकाइटार बस्ने तारा बहादुर तामाङको घरमा गोबर ग्याँसको डुम सफा गर्ने क्रममा डुमभित्र खस्न जाँदा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी सर्लाहीको हरिपुर्वानगरपालिका-९ मिर्चियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय सिङगेश्वर रायको सोमाबर बिहान मृत्यु भएको छ । आफ्नै खेतको मकै भाँचि सडकको छेउमाथुपारी मकै कुर्नको लागि रोडमा सुतेको अवस्थामा सवारी साधनले ठक्करदिँदा उनको मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button