समाचार

.प्रहरीलाई नटेर्दा भयो यस्तो …दर्दानक घटना

बुटवल असार ३ । बिहान ८ः३० बजे तिनाउ गाउपालिका वडा न ३ मरेकमा चुनढुंगा खानी सन्चालकसंग बैठक थियो । लकडाउनको बेला भएपनि खानी सन्चालनमा आएका कारण खानी सन्चालक र टिप्पर ब्यवसायीका बिच कारोवार रोकिएको थिएन ।तिनाउ गाउपालिका घर भएका २२ जना बढी टिप्पर ब्यवसायी र खानी सन्चालक बिचको बैठक १० बजे तिर सकिएपछि सबै आ आफ्नो घर तिर लागे ।रुपन्देहीको तिलोत्तमा र पाल्पाको तिनाउ गाउपालिका दुवैतर्फ घर भएका ब्यवसायीहरु कृष्ण बस्याल नन्दु बस्याल लगायतखानी सन्चालक समेत गरी १० जनाको टोली दोभान र झुम्साको बिचमा रहेको तिनाउ
होटल एण्ड रेष्टुरेन्टमा पसे ।पहिल्यै खाना अर्डर गरेको टोली करीव १०ः३० बजे होटल छिरेको थियो । खानी सन्चालक २ जना सहितको उक्त टोलीले १२

बजे आसपास खाना खाएपछि निस्कीएको थियो ।होटलबाट निस्केको केही बेरपछि पुनः होटल फर्किएको टोली ३ बजे सम्म बसेको थियो । पछिल्लो पटक
फर्किदा खानी सन्चालक थिएनन ।प्रदेश ३ अर्थात बाग्मती प्रदेशमा दर्ता रहेको प्रदेश ३- ०१ -२२ च ४५२२ नंको उक्त टोली चढेको गाडी दोभान चौकी आईपुग्दा अनियन्त्रीत र तिब्र गतिमा थियो । ब्यवसायी दयाराज पाण्डेले चलाएको उक्त गाडीलाई दोभान प्रहरीले रोक्ने प्रयत्न गरेपनि नरोकेको दोभान प्रहरीले जनाएको छ ।प्रत्यक्षदर्शीका अनुसार गाडी अनियन्त्रीत र तिव्र गतिमा थियो ड्युटिमा खटिएको प्रहरीले रोक्ने प्रयत्न गरेको थियो तर वहाहरुले रोक्नु
भएन चिनजानकै भएका कारण फर्किदा रोकेर सम्झाउला भनेर वास्ता गरिएन चौकीका ईन्चार्डाल बहादुर घर्तीले भने ।दोभान चौकीबाट बुटवलतर्फ लागेको

गाडी त्यसको केही बेरमै सिद्धबावा नजिकै रहेको कदमबास भन्ने स्थानबाट तिनाउ नदिमा खसेको थियो । दुर्घटनमा परेकाहरुको उद्धारमा करिव १ घण्टा हाराहारी समय लागेको थियो ।घटनास्थल रहेको सडक जोखिमपुर्ण नरहेको भएपनि २ सय मिटर तल तिनाउ नदिमा गाडी खसेको र तलपट्टि भिर भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीको भनाई छ ।दुर्घटनामा परि दयाराज पाण्डे, कृष्ण बस्याल, नन्दु बस्याल, शिव पाण्डे, बालकृष्ण बस्याल र बिनोद बस्याल घाईते भएका थिए । दुर्घटनामा परेकाहरु सवैको उमेर ३० बर्ष हाराहारी रहेको छ ।घाईते मध्ये ५जनालाई नेपाली सेनाको हेलीकप्टरबाट थप उपचा रका लागि काठमाण्डौ लगिएको छ । काठमाण्डौ लगिएका घाईतेहरु मध्ये नन्दु बस्यालको अवस्था गीम्भर रहेको छ भने बुटवलमा उपचार राई रहेका कृष्ण बस्यालको अवस्था सामान्य छ ।

Related Articles

Back to top button