समाचार

प्रहरीको मोस्ट वान्टेड सूचीमा काँग्रेस निकट रहेका गुण्डा नाइके पक्राउ

काठमाडाैँ, २३ जेठ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । भण्डारी हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् । प्रहरीले राधेसहित उनका केही सहयोगीलाई समेत पक्राउ गरेको जनाएको छ ।राधे पक्राउ परेको कुरा नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् ।प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धदिङले जनाएको छ।नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा राधे भण्डारीले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात

काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।।।काभ्रे — जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ जग्गा बिक्री गर्ने मीना भैल, धुनपा-७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाईपक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।अनुसन्धानमा मालपोत कर्मचारीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । २०७१ असार २ गते घरबाटो प्रमाणित गरेको कागजपत्रकै आधारमा
मालपोतले ३ पटक जग्गा पास गरिदिएको हो । उक्त सिफारिसको कानुनी मान्यता ३५ दिनमात्रै हुन्छ । प्रहरीले मालपोतबाट आवश्यक कागजपत्र माग

गरिएको जनाएको छ ।मालपोत अधिकृत विनोद कोइरालाले कागजपत्र पुगेर आएपछि पास गरिदिएको हुन सक्ने तर्क गरे । ‘कागजपत्र पुगेर आएकाले पास गरिदिएको हुन सक्छ, मालपोतको रेकर्डमा रैकर निजी भन्ने नै छ,’ कोइरालाले भने, ‘यो गम्भीर कुरा भयो, थप अनुसन्धानपछि मात्रै यसबारे भन्न सकिन्छ ।’उक्त सिफारिसका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलांगे मिजारले सोही जग्गा खरिद गरेका थिए ।पुरानै सिफारिसका आधारमा दोस्रोपटक मोक्तान र मिजारले २०७३ वैशाख ७ गते ६ लाख ५० हजार मूल्य राखी भक्तपुर-१७ की मीना भैललाई बेचेका थिए । भैलबाट २०७५ असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले १२ लाख मूल्यांकन राखी २२ लाखमा खरिद गरेका हुन् । उनीहरूले मालपोतमा ४८ हजार राजस्व बुझाउँदै ५ हजार रुपैयाँ लिखतमार्फत खर्च गरेका थिए । जग्गा दलालको उक्त समूहले पटकपटक वडा नं. ४ कार्यालयबाट झुक्याएर घरबाटो सिफारिस लिन खोजेको थियो ।मैले उक्त कित्ता त सडकमा पर्छ भनेपछि फर्किएको थियो,’ वडाध्यक्ष रवीन्द्र कर्माचार्यले भने, ‘पुरानै सिफारिस देखाएर पास गरेछन्, त्यस्तो सिफारिसको म्याद ३५ दिन मात्रै हो, मालपोतले खै कसरी पास गर्‍यो ।’ २०७६ वैशाख १५ गते प्रहरीलाई दिएको जाहेरीमा नक्कली ट्रेस नक्सा बनाई, अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेको उल्लेख छ । प्रचलित मूल्यभन्दा निकै सस्तोमा जग्गा पाएपछि लोभिएर किन्दा उक्त समूह फसेको हो ।प्रकाशित : जेष्ठ २२, २०७६ ०७:२१

Related Articles

Back to top button