समाचार

भर्खरै पोखरा–बाट आयो अत्यन्तै दुखद घटनाको खबर आमा र छोरी – पुरा हेर्नुहोस:

काठमाडौँ – ललितपुरमा एक आमा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। ललितपुर स्थिति कालेश्वर बतासेडाँडा भन्ने ठाउँमा आमा र छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन्।पहिलो १७ महिने छोरीलाई पासो लगाएर हत्या गरी महिलाले आफू पनि आत्महत्या गरेको बताइएको छ। आत्महत्या गर्ने महिलाको नाम भने खुलिसकेको छैन।पारिवारिक किचलोको कारण महिलाले पहिलो छोरीलाई पासो लगाई पछि आफू पनि झुन्डिएको हुन सक्ने अनुमान गरिएको छ। अहिले प्रहरी घटनास्थल तर्फ गैरहेको छ।प्रकाशित : बिहिबार, जेठ २३, २०७६०५:४२भक्तपुर छिरे विप्लव विज्ञप्ति, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ ।सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो ।सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ ।अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नपाएपछि आफ्नो पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।परिषद्ले सो जग्गामा झण्डा गाड्नुका साथै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत राखेको छ ।परिषद्मा उजुरी परिपछि सोही क्षेत्रमा गएर स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलमा महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ ।परिषदले पैसा र पहुँचका आधारमा जग्गामाथि

चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।भरतपुर, २२ जेठ । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तथ्य बाहिर आएको छ ।रामपुरसहित आसपासका प्रभावित स्थानीयले रंगशाला निर्क्रममा आफूहरूलाई परेको समस्याका बारेमा वडा नम्बर १६ का वडाध्यक्ष चतुरमान गुरुङलाई पुस महिनामा जानकारी गराएका थिए ।वडाध्यक्ष गुरुङले रंगशाला निर्माण गर्ने जिम्मेवारी लिएको ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ र स्थानीय जनताबीच देखिएको सडक विस्तारको विवाद आफूले मिलाउन नसक्ने भन्दै मेयर रेणु दाहाललाई पुसको २९ गते पत्र लेखेर पठाएका थिए ।वडाध्यक्ष गुरुङको पत्रसँगै रंगशाला प्रभावित स्थानीय जनताको ज्ञापनपत्र, माग र हस्ताक्षर गरिएको दस्तावेज जस्ताको त्यस्तै मेयर दाहाललाई पठाइदिएको दैनिक नेपाललाई प्राप्त दस्तावेजमा उल्लेख छ । विवाद मिलाउन मेयर दाहालले कुनै पनि पहल नगर्नुलाई स्थानीयले रहस्यका रुपमा लिएका छन् ।रंगशाला बनाउने बहानामा स्थानीयको कुरै नसुनेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का मालिक सीताराम कट्टेल र कुञ्जना घिमिरेले पेलेरै अगाडि बढ्न खोजेपछि पाँच महिनापछि स्थानीयको आक्रोश ‘धुर्मुस–सुन्तली’ र मेयर रेणु दाहालले सामना गर्नु परेको छ ।राष्ट्रिय कलाकारको छवि बनाएकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ताहरूमा अत्यन्तै तल्लो र कानून तथा संविधानले नै बन्देज लगाएका शब्दावलीसहित प्रकाश कँडेलसहितका स्थानीयविरुद्ध अभिव्यक्ति दिएपछि विवादले उग्ररुप लिएको थियो ।समय रहँदै मेयर दाहाल र ‘धुर्मुस–सुन्तली’ले स्थानीयको माग सम्बोधन गरेको भए सडकमा लगाइएको बार हटाउने अवस्था नै आउने थिएन । समय हुँदासम्म मेयर दाहालले समस्या समाधानमा पहल नै नगरेकाे स्थानीयकाे भनाइ छ ।बार हटाएको बहानामा पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिहरू स्थानीय तहको निर्वाचनका बेला रेणु दाहाललाई मेयरमा जिताउन विशेष भूमिका खेलेकै

व्यक्तिहरू हुन् ।उनीहरूलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति तिराउन माग गर्दै मेयर रेणु दाहालले विज्ञप्ति नै जारी गरेपछि प्रकाश कँडेलका आफन्त र शुभेच्छुकहरू रिसाएका छन् । प्रकाश कँडेलकी दिदीले नै मेयरको उम्मेदवार बनेर प्रचार प्रसारमा हिँडेका बेला रेणु दाहाललाई आफ्नै
घरमा राखेर खानपिन गराउने गरेको प्रकाश कँडेलकी दिदीले आफन्ता अन्तर्वार्ताहरूमा बताएकी छिन् ।प्रकाश कँडेलसहित केही व्यक्तिलाई थुनामै राखेर बाँकी अन्य व्यक्तिहरूलाई चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले छाडेपछि झन् विभिन्न आशंकाहरू उब्जिएको छ ।मेयर रेणु दाहालकै निर्देशनमा एसपी मल्लले प्रकाश कँडेलसहितका व्यक्तिहरूलाई राजनीतिक पूर्वाग्रह राखेर कारबाही अगाडि बढाएको आफन्तहरूको आरोप छ । कुनै बेला तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बनिसकेका मल्ल दाहाल परिवारसँग निकट मानिन्छन् । प्रचण्डकै दवावमा मल्ललाई चितवनको प्रहरी प्रमुख बनाएर सरुवा गरेर ल्याइएको चर्चा हुने गरेको छ ।पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिको रिहाइ र रंगशाला निर्माणका क्रममा देखिएको सडक विस्तारको विवादलाई समाधान गर्न माग गर्दै स्थानीयहरूले मंगलबार भरतपुर महानगरपालिकाको कार्यालयमा धर्ना र घेराउ गरेका छन् ।बार हटाएको विषयलाई लिएर सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको कार्यबाट हात झिक्ने भित्री तयारी गरेको स्थानीयको आरोप छ । जस्तापाताको बार लगाउँदा ६०–७० लाख खर्च भएको सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफन्ता अन्तर्वार्ताहरूमा बताउने गरेका छन् ।जस्तापाताको बारमा नै यति धेरै रकम खर्च गर्ने ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को अपारदर्शिताका विषयमा पनि प्रश्न उब्जिन थालेको छ । स्थानीयहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई रंगशाला निर्माणका बहानामा संकलन भएको पैसा र खर्च विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् । स्थानीयहरूको यो मागलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई चित्त बुझको छैन ।

Related Articles

Back to top button