समाचार

श्रीमतीलाई माइत छोडेर घर फर्किने क्रममा खोलाले बगाएर गौतमको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २८ बर्षीय गौतम राईको खोलाले बगाएर मृ त्यु भएको छ ।मंगलबार आफ्नो ससुराली घर छिन्ताङमा श्रीमतीलाई छाडेर एक्लै फर्किएका राई स्थानीय ठाडो खोलाको बगरमा ढुङगामा च्यापिएको अवस्थामा मृ त फेला परेको हो ।ससुरालीबाट फर्किएका राई बेलुका सम्म पनी घर नआएपछी स्थानीयबासीको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान मृत अवस्थामा फेला पारेको हो घटनाबारे जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय

भोजपुरले जनाएको छ ।-न्यूजलयबाटपाल्पा,८ असार- रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छमृत्युहुनेमा
रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो मस्लाङबाट पनटायरको पसलमा आउने क्रममाउनलाई खोलाले बगाएको थियो खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो राससकाठमाडौँ,
८ असार मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन

देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सत र्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेशनं
५ का एक –दुई स्थान हरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।देशको धेरै जसो स्थानहरुमा
गए रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ ।(रासस)

Related Articles

Back to top button