समाचार

चितवन दुर्घटनामा राम को मृत्यु

कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको निधन भएको छ । निधन हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बिहान २ः२५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

हेटौँडा -कुलेखानी -काठमाडौँ सडकखण्डमा पहिरो, हटाउन शुरु

हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो ।

बेँसीशहर –चामे सडक पुनः अवरुद्ध

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर –चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।” पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यआवश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उहाँको भनाइ छ । सडक कति बेला पुनःसञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button