समाचार

अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासनद्धारा सदरमुकाम मा निषेधाज्ञा जारी

जुम्ला, १० असार । जुम्ला अस्पतालका कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि जुम्ला सदरमुकाममै निषेधाज्ञाा जारी गरिएको छ । समुदायमा कोरोना फैलन नदिन जिल्ला प्रशासन कार्यालयले जुम्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञामा आज दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि भनिएको छ । बुधवार बसेको आिजै कोभिड–१९ कमाण्ड नियन्त्रण समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ९ ३० बमोजिमको हो । निषेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्रमा चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले इमर्जेन्सी सेवाबाहेक सबै बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको आजै स्वाब लिइएको छ । कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको हो ।

यो अर्को समाचार, थप सेवाका लागि स्थानीय तहसँग समन्वय गर्दै टीकापुर अस्पताल
टिकापुर । संरचनागत रुपले हेर्दा टीकापुर अस्पताल सुविधासम्पन्न भए पनि आवश्यक जनशक्ति अस्पतालमा हुन नसक्दा अझै ती संरचनाले पूर्णता पाउन सकेको छैन । अस्पतालमा हाल सात विशेषज्ञ चिकित्सक कार्यरत छन् । टीकापुर नगरपालिकाले अस्पतालमा दुई विशेषज्ञ चिकित्सकलाई सेवासुविधा दिएर राखेको छ भने बाँकी चार चिकित्सक दरबन्दीअनुसार अस्पतालमा कार्यरत छन् ।

केही महिनादेखि अस्पतालले सेवाग्राहीको सेवा प्रवाहलगायत प्रशासनिक कामलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्दै गइरहेकामा आर्थिक वर्ष २०७७÷०७८ का लागि थप जनशक्ति व्यवस्थापन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेको छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले कैलालीका पूर्वी क्षेत्रमा पर्ने महुन्याल, जानकी र जोशीपुुर गाउँपालिका, टीकापुर र भजनी नगरपालिकालाई अस्पतालमा थप विशेषज्ञ सेवा थप्ने विषयमा छलफल गरेका छन् । उनले एक स्थानीय तहले एक विशेषज्ञ चिकित्सकको सेवासुविधा दिन सके स्थानीयवासीले सामान्य बिरामी हुँदा पनि धनगढी, नेपालगञ्जसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

अध्यक्ष रावलले पाँच स्थानीय तहका प्रमुखसँग छलफलको प्रक्रिया अगाडि बढाएका छन् । आउँदो आर्थिक वर्षमा एक स्थानीय तह, एक विशेषज्ञ चिकित्सक व्यवस्थापन हुने गरी स्थानीय तहलाई बजेटको व्यवस्थापन गर्न उहाँले आग्रह गरे ।

‘अस्पतालको पूँजीले मात्र विशेषज्ञ चिकित्सक व्यवस्थापन गर्न सकिने अवस्था छैन । सरकारले पनि दरबन्दीअनुसारको चिकित्सक व्यवस्थापन गर्न सक्ने देखिँदैन’, अध्यक्ष रावलले भने, ‘यहाँका स्थानीय तहको मुख्य स्वास्थ्य सेवा लिने केन्द्र टीकापुर अस्पताल नै हो । स्थानीय तहले अस्पतालभन्दा पनि विशेषज्ञ चिकित्सकलाई स्थानीय तहबाटै तलबभत्ता दिने गरी अस्पतालसँग समन्वयका लागि आग्रह गरेका छौंँ ।’

टीकापुर नगरपालिकाले आउँदो आर्थिक वर्षमा एकएक बाल विशेषज्ञ र स्त्रीरोग विशेषज्ञलाई अस्पतालमा निरन्तरता दिने गरी नीति तथा कार्यक्रममा समेटिसकेको छ ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आउँदो आर्थिक वर्षको बजेटमा अस्पतालका लागि विशेषज्ञ सेवा विस्तार हुने गरी बजेट विनियोजन गरिने जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आवमा टीकापुर अस्पताललाई सरुवा रोग अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने गरी रु तीन करोड बजेट विनियोजन गरेको छ । हाल अस्पतालमा दुईदुई बालरोग र स्त्रीरोग विशेषज्ञ तथा एकएक एबिबिपी, फिजिशियन र डेन्टल सर्जन कार्यरत छन् ।

Related Articles

Back to top button